संघीय समाजवादी फोरम नेपाल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी कम्युनिष्ट केन्द्र) बीच पार्टी एकता हुने भएको छ । - MONGOL KHABAR

Breaking

संघीय समाजवादी फोरम नेपाल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी कम्युनिष्ट केन्द्र) बीच पार्टी एकता हुने भएको छ ।

काठमान्डू । सत्तारुढ संघीय समाजवादी फोरम नेपाल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी कम्युनिष्ट केन्द्र) बीच पार्टी एकता हुने भएको छ । फोरम नेपाल र नेकपा कम्युनिष्ट केन्द्रबीच पार्टी एकताको लागि सैद्धान्तिक सहमति जुटिसकेको छ । फोरम नेपालको केन्द्रीय पार्टी कार्यालय बालकुमारी ललितपुरमा आगामी माघ ७ गते दुई पार्टीबीच एकता घोषणा कार्यक्रम तय गरिएको छ । केशव दाहाल संयोजक रहेको नेकपा कम्युनिष्ट केन्द्र यस अघि नेपाल कम्युनिष्ट पार्टीको नीति सिद्धान्तप्रति असन्तुुष्टि जनाउँदै अलग्गिएको थियो ।

नेकपा कम्युनिष्ट केन्द्र तत्कालीन नेकपा (माओवादी)बाट २०६२ सालमा विभाजित भई छुट्टै पार्टीको रुपमा क्रियाशील रहँदै आएको थियो । हालैमात्र हाम्रो कम्युनिष्ट पार्टी नेपाल पनि संघीय समाजवादी फोरम नेपालमा एकीकृत भएको थियो । सिद्धान्त र विचार मिल्ने दल, संगठन र पार्टीसँग एकता गर्ने फोरम नेपालको नीति अनुसार अन्य शक्तिहरुसंग वार्ता छलफल भइरहेको छ ।