माघ १/२ गते प्रदेश नम्बर पाँचमा सार्बजनिक बिदा - MONGOL KHABAR

Breaking

माघ १/२ गते प्रदेश नम्बर पाँचमा सार्बजनिक बिदा

बुटवल पौष १७,
प्रदेश न•५ मा माघ १ र २ गते गरि दुई दिन सार्बजनिक बिदा दिने भएको छ । आज बसेको प्रदेश न•५ को मन्त्री परिषद बैठकले मगर र थारु समुदायको प्रमुख पर्व माघे संक्रान्तिको अबसरमा दुई दिन सार्बजनिक बिदा दिने निर्णय गरेको हो ।


सरकारले विभिन्न चाड पर्बको बिदा कटौती गरे संगै नेपाल मगर संघ,नेपाल तामाङ घेदुङ,गुरुङ राष्ट्रिय परिषद लगायत सम्पुर्ण मुलबासी मंगोलहरुले बिरोध गर्दै आएका थिए । माघे सक्रान्तिमा सार्बजनिक बिदा दिनुपर्ने भन्दै नेपाल मगर संघले देश ब्यापी रुपमा विभिन्न बिरोध सभा गर्दै सरकार समक्ष ज्ञापनपत्र समेत बुझाएको थियो ।

मगर र थारु जातिको बाहुल्यता रहेको प्रदेश न•५ मा सरकारको आन्तरिक तथा कानुन मन्त्रालयले माघे सक्रान्तिको अबसरमा शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम समेत गर्ने भएको छ ।