मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनले मकवानपुरको बसाहामाडीमा कार्यक्रम सम्पन्न - MONGOL KHABAR

Breaking

मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनले मकवानपुरको बसाहामाडीमा कार्यक्रम सम्पन्न

मकवानपुर  / २०,पौष मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनले मकवानपुरमा आज प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रशिक्षण कार्यक्रम मकवानपुरको हेटौंडा उपमहानगरपालिका वार्ड नम्बर १९, बसाहामाडी ज्यामिरेमा भएको थियो ।


कार्यक्रम प्रबास सभा मलेसियाका सक्रिय सदस्य दिलिप कुमार तामाङको पहलमा भएको थियो । पछिल्लो समय चितवन र मकवानपुरको विभिन्न स्थानमा मंगोलवाद बारे प्रशिक्षण कार्यक्रम व्यापक गर्दै आएको छ ।


प्रशिक्षण कार्यक्रममा अर्गनाइजेशनका उच्च केन्द्रिय सदस्य पुर्खाराम प्रजाले प्रशिक्षण गर्नुभएको थियो । भने बिरबहादुर तामाङले प्रमुख अतिथी रहेको थियो ।