पुर्बी पाल्पाको निस्दी गाउँपालिका मित्यालमा मृत चितुवाको बच्चा फेला - MONGOL KHABAR

Breaking

पुर्बी पाल्पाको निस्दी गाउँपालिका मित्यालमा मृत चितुवाको बच्चा फेला

धनबहादुर ठाडा
पाल्पा । माघ ८, पुर्बी पाल्पाको निस्दी गाउँपालिका मित्यालमा मृत चितुवाको बच्चा फेला परेको छ । मित्यालको रुक्सेभन्ज्याङ नजिकैको जंगलमा मंगलबार मृत अवस्थामा चितुवाकाे बच्चा भेटिएकाे हाे ।
मृत अवस्थामा भेटेको चितुवालाई प्रहरी, बनको कर्मचारी र स्थानीय जनप्रतिनिधिको रोहवरमा मुचुल्का उठाएर घटना स्थालमै जमिनमा गाडिएकाे छ ।

घटना स्थलमा निस्दी सब डिभिजन बन कार्यालय मित्यालका कार्यालय प्रमुख नन्दप्रसाद अधिकारीको नेतृत्वको टोलि गएको थियो ।

चितुवाको बच्चालाई भाले चितुवाले आक्रमण गरेर मरेको हुन सक्ने रुक्सेभन्ज्याङ प्रहरी चौकी मित्यालका प्रमुख गिर बहादुर थापाले बताएको छ ।