गोंगबुको एक ग्लास हाउसमा भर्खरै ग्यास सिलिन्डर विस्फोट ठूलो क्षति - MONGOL KHABAR

Breaking

गोंगबुको एक ग्लास हाउसमा भर्खरै ग्यास सिलिन्डर विस्फोट ठूलो क्षति

काठमाडौं, २ माघ । गोंगबुको एक ग्लास हाउसमा ग्यास सिलिन्डर विस्फोट भएको छ । घटनाको प्रारम्भिक जानकारी अनुसार पाँच जना गम्भीर घाइते भएको मंगोल खबरलाई प्राप्त भएको छ ।

गोंगबु दीपज्योति स्थित पिस नेपाल सिसा फ्याक्ट्रीमा विस्फोट भएको हो । विस्फोटनमा परी पाँच जना गम्भीर घाइते भएको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रहरी निरीक्षक मोहनविक्रम केसीले जानकारी दिए ।
घाइते हुनेहरूमा काजी तामाङ, राजु बिसी, कैलाश श्रेष्ठ, अनिल पोखरेल र रेशम तामाङ रहेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको निरीक्षक केसीले मंगोल खबरलाई जानकारी दिए । घाइतेको अस्पतालमा उपचार भइरहेको छ । विस्फोटमा परी केहीको अङ्गभङ्गसमेत भएको भेटिएको छ । क्षतिको विवरण भने आउन बाँकी छ ।