शृंखला खतिवडा बन्ने भयो राष्ट्रिय वाणिज्य बैंकको ‘ब्राण्ड एम्बास्डर’ - MONGOL KHABAR

Breaking

शृंखला खतिवडा बन्ने भयो राष्ट्रिय वाणिज्य बैंकको ‘ब्राण्ड एम्बास्डर’

काठमाडौं । मिस नेपाल २०१८ तथा मिस वर्ल्ड २०१८ की प्रतिस्पर्धी शृंखला खतिवडा राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बास्डर बनेकी छन् । मिस वर्ल्ड २०१८ को टप १२ सम्मको यात्रा गर्न सफल भएकी उनलाई सो बैंकले ब्राण्ड एम्बास्डर नियुक्त गरेको हो । उनलाई बुधबार औपचारिक रुपमा ब्राण्ड एम्बास्डर घोषणा गर्ने कार्यक्रम रहेको छ । बुधबार दिउँसो साढे २ बजे एक पत्रकार सम्मेलन गरी उनलाई औपचारिक रुपमा ब्राण्ड एम्बास्डर घोषणा गरिने छ । उता निर्देशक तथा नायक निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्का एकसाथ एकै सिनेमामा देखिने भएका छन् ।


पछिल्लो समय सामाजिक सञ्जालमा ‘राष्ट्रिय दाजुभाउजु’ उपमा पाएका यी जोडी फिल्ममा एकसाथ देखिने भएका हुन् । फिल्म ‘लुट’मार्फत् पृथक निर्देशकका रुपमा परिचित निश्चल अहिले निर्देशन भन्दा पनि अभिनय तिरै हात धोएर लागेका छन् । यस्तै उनी पछि ल्लो समय नृत्यमा पनि उत्तिकै समय दिइरहेका छन् । विभिन्न फिल्ममा एउटा गीतमा भए पनि नृत्य गर्दै उनी पछिल्लो समय आफूलाई अभिनय तिर लागेको पुष्टि गरिरहेका छन् । यता उनकी पत्नि तथा नायिका स्वस्तिमा पनि फिल्ममा व्यस्त नै छिन् । यी दुई पछि ल्लो समय एउटा म्युजिक भिडियोमा एक साथ देखिएका थिए ।

शृंखला खतिवडा बनिन् राष्ट्रिय वाणिज्य बैंकको ‘ब्राण्ड एम्बास्डर’