प्रबासको दुबई ,यु,ए,ई, मा माघि उत्सब भब्य सम्पन्न - MONGOL KHABAR

Breaking

प्रबासको दुबई ,यु,ए,ई, मा माघि उत्सब भब्य सम्पन्न

दुबई । पुष २९ शुक्रवार , जनवरी 11, 2019 , गते सधैको बर्ष झै यस बर्ष पनि थारु कल्याणकारिणी सभा यु,ए,ई, ले माघी पर्व तथा सातौ बार्षिक भेला सम्पन्न गरेको छ ।
नेफिन यु,ए,ई, का अध्यक्ष पासाङ्ग शेर्पा ज्युको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा युवा गायक केशव राज महतो र बासु देव चौधरीले पालो पालो उद्घोस गर्दै कार्यक्रम अगाडी बढाए ।
अतिथी को स्वागत अनि माघी पर्व तथा थारु सम्वत 2643 को शुभकामना संस्थाकै प्रवक्ता खेम महतोबाट भयो । थारु कला र सस्कृती हाम्रो देशकै एक ठुलो सस्कृती हो । यसलाई संरक्षण गर्न जरुरी छ ।
बिबिधतामा एकता भनेकै हाम्रो मुलबासी मंगोलको सस्कृती हो र यसलाई हरेक समुदायले साथ र संरक्षण दिनु पर्छ भन्दै आफ्नो छोटो र मिठो सन्देश मुलक मन्तब्य कार्यक्रमका प्रमुख अतिथी सेर्पा ज्युले दिनु भयो ।

नेपाल देखी आमन्त्रीत पाहुनाहरु बहुचर्चित गायक श्रीनिवास चौधरी , युवा गायक केशव राज महतो , नेपालको पहिलो थारु फिल्म " करम  र " भुर भुरा रहर " का निर्माता , अभिनेता तथा समाज सेवी रामलाल चौधरी र सोहि फिल्मका निर्देशक ,थारु पत्रकार सङ्घ नेपालका केन्द्रीय अध्यक्ष तथा Tharuwan.com अनलाइन मिडियाका सम्पादक मदन चौधरी ज्युहरु लाई प्रमुख अतिथी शेर्पा र कार्यक्रमका सभापती रुपेश चौधरी द्वारा उहाहरुको कामको योगदान र प्रशंसा गर्दै दोसल्ला ओढाई सम्मान गर्नु भयो । साथमा थारु कल्याणकारिणी सभा यु ए ई को बन्द सत्र ( 2019 - 2021 कार्यकाल ) मा  रुपेश चौधरीको अध्यक्षता मा 31 जनाको केन्द्रीय समिती र प्रमुख सल्लाहकारमा घनश्याम चौधरीलाई घोषणा गर्नु भयो ।
औपचारिक कार्यक्रम समापन भएको घोषणा सभापती चौधरी ज्युबाट भए लगतै गायकद्वयले कार्यक्रमको माहोल लाई रङ्गिन मोडमा बदले । बहुचर्चित गायक श्रीनिवास चौधरी को "नजरसे नजिरिया मिलाके " र "सेक्सी जवानीले " बोलको गितले आफ्नो दर्शक र शुभ चिन्तकहरुलाई छमछम नचाय भने युवा गायक केशवले पनि "हर साल माघी आइल "  बोलको गितले सबै दर्शकको मन जित्न सफल भए । अन्त्यमा ,रङ्गिन माहोलको थकान पश्चात खानपिन गरि माघी उत्सब समापन भयो।