थारू र मगर जातिमा प्रचलित लुगा गहनाका बीचमा पनि धेरै समानता - MONGOL KHABAR

Breaking

थारू र मगर जातिमा प्रचलित लुगा गहनाका बीचमा पनि धेरै समानता

काठमाडौ । थारू र मगर जातिमा प्रचलित लुगा गहनाका बीचमा पनि धेरै समानता पाईन्छ । दुबै जातिका महिलाहरूमा पैसाका माला, चाँदीका बाला, नाकमा ठुृला किसिमका नठिया, पैसाका औंठी, थारू जातिका महिलाले गलामा लगाउने सुत्या र मगर जातिका महिलाले लगाउने खाग तथा थारू जातिका महिलाले कानमा लगाउने झिमल्या तथा मगर जातिका महिलाले कर्न फूलीमा समानता छ ।
-डा. गोविन्द आचार्य
थारू शब्दले नेपालको विशेषगरी तराई भागमा बसोवास गर्ने एउटा जाति भन्ने बुझिन्छ । दाङ उपत्यका थारू जातिको आदिथलो मान्ने गरिएको छ । थारूलाई कसैले थार मरूभुमि क्षेत्रबाट आएका भन्छन् भने कसैले खसानको पहाडी भागबाट बसाई सर्दै आएका पनि ठान्छन् । यसरी हेर्दा थारूको सम्वन्ध विभिन्न क्षेत्र र जात जातिसँग देखाईएको छ । यस आलेखमा अनेकौं प्रमाणहरूको आधारमा थारू जातिलाई मगर जातिसँग एकाकार पारेर हेर्ने प्रयास गरिएको छ ।
फोटो ग्यालरी बाट साभार
मगर भाषामा था को अर्थ हराएको र रू को अर्थ मान्छे हुन्छ (कर्णबहादुर बुढामगर, २०६१ः ७३१ तथा हर्कमाया रोकामगर) । यसबाट पहाडी भागमा बस्ने मगर जातिको कुनै व्यक्ति तराईतिर झरेको र तराईको सुगम समथर खेतीयोग्य भुमिबाट मोहित भई पहाडमा नफर्केको होे कि भन्ने देखिन्छ । यसरी नै थारूको नामाकरण भएको हो भने थारू नामाकरण कसले गयो ? मगर जातिले वा स्वयं हराएको मगर ब्यक्तिले ? यस कुरालाई देखाउन मगर जातिमा अद्यापि प्रचलित डाम्या स्याइ (झोरेल्नी वा जोरा स्याइ) नामक माघे सक्रान्तिमा गाईने नृत्य गीतमा पाइने डाँफे र मजुरको आख्यानको पनि सहारा लिन सकिन्छ । आख्यान अनुसार हिमालमा बस्ने डाँफेको नाम सुनेर मोहित मजुर हिमालमा डाँफे भेट्न जान्छ र प्रेम गरी तराईमा ल्याउँछ । डाँफे तराईमा आईसकेपछि माइतीघरको कोदो फाफर सम्झन थाल्छ । एकदिन चुरे पहाडमा काखमा बसेका कटुनबुढा र कुटुनबुढीको बारीमा पाकेको कोदो खान पस्छ र त्यही थापेको पासोमा परी मर्छ । श्रीमती नफर्केको हुँदा मजुर बिछोडमा बिलौना गर्दै खोज्दै हिंड्छ । यस आख्यानले माथिकै तथ्याङलाई सघाउने गर्दछ । यसमा तराईमा झरेर नफर्केको डाँफे चरा मात्र होईन, यो माथि उल्लेख गरिएको हराएको मान्छे अर्थात थारू हुनु पर्दछ ।
थारू जातिमा प्रत्येक गाउँ बस्तीमा एउटा सामुहिक देउस्थल (भूइयार थान) बनाउने र त्यहाँ बिभिन्न देवी देउताका साथै कुनै कुनै गाउँमा एउटा मुङग्रा गुनी (ज्ञानी मगर) नामक देउता पनि स्थापना गरिएको हुन्छ । यहाँ उल्लेखित ज्ञानी मगर को हो ? र किन थारु जातिमा देउता कहलियो ?
थारू जातिमा अद्यपि गाउँको पूर्वी भागमा खेतरपाल (क्षेत्रफल) र गाउँको दक्षिणी भागमा कुट्नी बुह्रया भनेर कुप्रो आकारको काठ गाडेर ठ्ड्याउने चलन छ । थारू जातिमा प्रत्येक गाउँ बस्तीमा एउटा सामुहिक देउस्थल (भूइयार थान) बनाउने र त्यहाँ बिभिन्न देवी देउताका साथै कुनै कुनै गाउँमा एउटा मुङग्रा गुनी (ज्ञानी मगर) नामक देउता पनि स्थापना गरिएको हुन्छ । यहाँ उल्लेखित ज्ञानी मगर को हो ? र किन थारु जातिमा देउता कहलियो ? प्रत्येक जातिमा आफ्नो पुर्खा पुज्ने चलन छ, त्यसैले यहाँ देखिएका मुङग्रा गुनी उनै हराएका मान्छे पो हुन् कि ? थारू जातिमा कुसुम्या, राना, धम्लहवा दहित, अंग्रहुवा, सिंग्रहुवा, कन्वा, रतगैया, कठरिया, टेर्रा, उल्टहवा, जस्ता अनेकन उपथरहरू छन् । यस्तो थर मध्ये मगरा (मगर) पनि एक थर भेटिन्छ (गौतम, टेकनाथ,२०४४ः ५० थारू पुराण) । थारूजातिमा कुनै पनि समुदायको मानिस थारू जातिको मर्यादा र रीतिथिती मान्ने गरी (पट्या लिने गरी) प्रवेश गर्न सक्ने व्यवस्था छ (अशोक थारू ) । त्यसैले यसरी नै मगरा मगर जातिबाट आएको हो कि ?
दाङ जिल्लाको देउखुरी उपत्यकाको पुर्वी भागमा पर्ने भालुवाङदेखि उत्तरमा पर्ने थारा भनेको समथर भाग बुझिन्छ । यसै अर्थमा आँगनलाई पनि थारा भनिन्छ । यसैले कुनै मगर जातिको व्यक्ति थारा अर्थात मैदानतिर झरेको र मैदानतिरै बसेको हुँदा मगर भषमा थारू बन्न सक्दछ ।

थारू र मगर जातिमा मनाईने कैयो चाड पर्वमा प्रयोग गरिने लुगा, गहना र पूजा आदि परम्पराहरू बिचमा समेत व्यापक समानता भेटिन्छ । मगर समाजमा बर्षातभरी बाजा बन्द हुन्छन् र भदौंतिर बाट खोली ओखरा बस्ने वा सिउसिने (रिहर्सल गर्ने) र नाचगान खोल्ने चलन छ । थारू जातिमा पनि बर्षातभरी बाजा बन्द हुन्छन् र बर्षे खेतीपछि गरिने हया गुरै (हिउँदे गुरै पूजा) पश्चात नाचगान हुन्छ । थारु जातिमा बर्षे खेती र पछि भूइयार (भूमि) पूजा गर्ने चलन छ । मगर जातिमा असारमा भूमे वा बाल पुजा गर्ने परम्परा छ । यसरी दुबै जातिमा प्राकृतिक पूजाको समान परम्परा देखिन्छ ।
थारु जातिमा बर्षे खेती र पछि भूइयार (भूमि) पूजा गर्ने चलन छ । मगर जातिमा असारमा भूमे वा बाल पुजा गर्ने परम्परा छ । यसरी दुबै जातिमा प्राकृतिक पूजाको समान परम्परा देखिन्छ ।
मगर जातिमा सामुहिक रुपमा माछा मार्ने चाडको बिधान छ । यसलाई मैन्यारी तथा स्वाङगे प्रथा भनिन्छ । यस प्रथामा विशेषगरी जेठ असारतिर वर्षात नभई खडेरी पर्न गएमा नजिकको खोला वा नदीमा वरपरका आठ गाउँका मानिसहरू भेला भई बाजागाजा सहित माछा मार्न जाने चलन छ । यस अवसरमा दुई जना स्वाङगे बनाईन्छ । ती स्वाङगेहरूलाई हिलो माटो घसेर बिरूप तुल्याईएको हुन्छ । स्वाङगेहरुले जाँघमा लिंग स्वरूपको लामो काठ च्यापी दुई हातले समात्दै नजिकको मूलमा लिंग स्वरूप काठले कोट्याउँछन् । (मेम स्जा २०५८ः ६७) सं. बम कुमारी बुढा) यसो गरेमा बर्षात हुन्छ भन्ने विश्वास छ । यसमा एउटा आदिम मानव चेतनाको अवशेष भेटिन्छ ।
मानवको आदिम अवस्था नाङ्गो थियो । लिंग स्वरूप काठले मूलमा कोट्याएर बर्षात हुने बिश्वास गर्नु पुरूष र स्त्री बीच सम्पन्न हुने यौन क्रीडालाई प्रतिबिम्बित गरिएको हो । लिंग र योनी अर्थात सृष्टिकारक र सर्जक बीचको समागमबाट सिर्जना अपेक्षा गर्नु स्वाभविक छ । थारू समुदायमा पनि जेठ असारमा बर्षात नभएमा रातीको समयमा थारू बठिन्याहरू निर्वस्त्र भई गाउँको गल्ली गल्लीमा डौरिने, हलो जोत्ने, आदि अनेकन उपद्रवहरू गर्ने र यसो गरेमा पानी पर्छ भन्ने विश्वास छ । यसरी दुबै जााितमा बर्षातका सन्दर्भमा समान किसिमको बिधान र विश््वास कसरी स्थापित भयो ? थारू जातिमा पनि बिशेषगरी माघी पर्वका सन्दर्भमा गाउँ भरिका मानिसहरू सामुहिक रूपमा माछा मार्न जाने चलन छ । माघी पर्वमा एकदिन माछा मार्नका लागि नै छुट्याईएको हुन्छ । थारू र मगर दुबै जातिमा माघी पर्व एक हप्तासम्म बिशेष उल्लासका साथ मनाउने चलन छ ।
थारू र मगर जातिमा प्रचलित लुगा गहनाका बीचमा पनि धेरै समानता पाईन्छ । दुबै जातिका महिलाहरूमा पैसाका माला, चाँदीका बाला, नाकमा ठुृला किसिमका नठिया, पैसाका औंठी, थारू जातिका महिलाले गलामा लगाउने सुत्या र मगर जातिका महिलाले लगाउने खाग तथा थारू जातिका महिलाले कानमा लगाउने झिमल्या तथा मगर जातिका महिलाले कर्न फूलीमा समानता छ ।
थारू र मगर जातिमा प्रचलित लुगा गहनाका बीचमा पनि धेरै समानता पाईन्छ । दुबै जातिका महिलाहरूमा पैसाका माला, चाँदीका बाला, नाकमा ठुृला किसिमका नठिया, पैसाका औंठी, थारू जातिका महिलाले गलामा लगाउने सुत्या र मगर जातिका महिलाले लगाउने खाग तथा थारू जातिका महिलाले कानमा लगाउने झिमल्या तथा मगर जातिका महिलाले कर्न फूलीमा समानता छ । दुबै जातिका पुरूषहरूले कानमा कुन्डल र भेग्वा (लगौंटी ) लगाउने पुरानो चलन देखिन्छ ।
हालैका अनुसन्धानले १८ मगरात क्षेत्रमा पर्ने हुङगी्र नदी (रोल्पामा पर्ने) र हङगेरीको स्पेलीङमा पाईने हङग्री मगर जातिको भाषा र हङगेरीको माग्यार भाषा बिच पाईने केही समानताका अधारमा हङग्री नदीकै वरपरका वासिन्दा हुन् भन्ने थालिएको छ प्रा. डा. माधव प्रसाद पोख्रेल,२०६१, भुमिका नेपाली मगर पाङ अग्र्रेजी शब्दकोश) । भने भाषा साहित्य, संस्कृति शारिरीक बनोट र अन्य कैयौ प्रचलनका क्षेत्रहरूमा समानता राख्ने मगर जाति र थारू जातिबीच नजिकको सम्वन्ध हुनु स्वाभाविक छ । यसले थप अनुसन्धानको अपेक्षा गर्दछ ।