काठमाडौं । छोटो समयमै लोक दोहोरी संगित क्षेत्रमा अलगै पहिचान बनाउन सफल नवयुबा गायक हिमकुमार थापामगरको बिल्कुलै नयाँ लोकदोहोरी गित " आउन माया नाची देउ " बजारमा आएको छ । हिमकुमार थापाको लय शब्द संगितमा तयार भएको उक्त गीतमा हिमकुमार थापा र लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल राष्ट्रिय गायिका सम्झना लामिछाने मगरको स्वरमा रहेको छ,भने अर्का उदयमान बहुप्रतिभाका सुमुधुर स्वरका धनी नवगायक तथा कुशल उद्वघोषक दुर्शम मगरको प्रस्तुतिमा रहेको छ।
गायक हिमकुमार थापामगरले यसअघि 'के भनी बोलाउ खै पहिलो भेटैमा " कौडा ",नक्कली नानीले र बुहारी खाचो छ मेरो घरैमा जस्ता चर्चित आधा दर्जन भन्दा बढी सफल गित बजारमा ल्याई सकेको छ ।
सम्झना डिजिटलले बजार ब्यबस्थापन गरेको उक्त गीतको म्युजिक भिडियोमा कबिता आलेमगर र सुमन थापाको अभिनय रहेको छ । चर्चित निर्देशक प्रकाश भट्टले निर्देशन गर्नु भएको म्युजिक भिडियोलाई छायांकन राजेश घिमिरेले गर्नु भएको छ भने सम्पादन बिष्णु शर्माको रहेको छ ।
