विनयी त्रिवेणी गाउपालिकामा गरेको नदिजन्य तथा ढुङगा, गिट्टी र उत्खनन तथा विक्रि वितरणको अनुगमनमा क्रसर उद्योगहरु घरेलु कार्यालयमा दर्ता नगरी सञ्चालनमा - MONGOL KHABAR

Breaking

विनयी त्रिवेणी गाउपालिकामा गरेको नदिजन्य तथा ढुङगा, गिट्टी र उत्खनन तथा विक्रि वितरणको अनुगमनमा क्रसर उद्योगहरु घरेलु कार्यालयमा दर्ता नगरी सञ्चालनमा

नवलपुर । माघ १० वुधवार विनयी त्रिवेणी गाउपालिकामा गरेको नदिजन्य तथा ढुङगा, गिट्टी र उत्खनन तथा विक्रि वितरणको अनुगमनमा क्रसर उद्योगहरु घरेलु कार्यालयमा दर्ता नगरी सञ्चालनमा रहेको भेटीएको हो । 
विनयी त्रिवेणी गाउपालिकाको वडा नम्बर १ मा रहेको त्रिवेणी क्रसर उद्योग, पारसमणी गिट्टि बालुवा प्रशोधन केन्द्र र विनयी बालुवा प्रशोधन केन्द्रमा अनगुमन गरिएको हो । पारसमणी गिट्टि बालुवा प्रशोधन केन्द्रले घरेलु कार्यालयमा र गाउपालिकामा दर्ता प्रक्रिया पुरा नगरी संचालनमा ल्याएको पाईएको हुदा अब दर्ता र अनुमतीको प्रक्रिया पुर्याएर मात्र उद्योग संचालन गर्नको लागि अनुरोध गर्दै प्रक्रिया पुरा नहुदा सम्मको लागि उद्योग बन्द गराईएको छ । नदिजन्य तथा ढुङगा, गिट्टी र उत्खनन तथा विक्रि वितरणको लागि प्रदेश सरकारले जारी गरेको मापदण्ड अनुसार क्रसर उद्योगहरु अनुगमन गरिएको बताउदै जिल्ला समन्वय समितीका अधिकारी कृष्ण प्रसाद अधिकारीले सञ्चालनको लागि छुटेका विवरण एक हप्तामा उपलब्ध गराउन र संचालनको अनुमती नलिएका उद्योगहरुले स्थानियतहरुसंग यथाशिघ्र अनुमती लिएर मात्रै सञ्चालन गर्नको लागि अनुरोध गरे ।

नवलपुर जिल्लामा जम्मा १२ वटा क्रसर उद्योगहरु सञ्चालनमा आएका छन् । सञ्चालित अधिकांश उद्योगहरु दर्ता नगरी, दर्ता भएका नविकरण नगरी सञ्चालन हुदै आएको जिल्ला समन्वयले जनाएको छ । गण्डकी प्रदेशले नदिजन्य तथा ढुङगा, गिट्टी र उत्खनन तथा विक्रि वितरण र व्यवस्थापनको लागि ल्याएको नितीनियम अनुसार उद्योगहरुलाई नियमन गर्ने जिसस प्रमुख एवं जिल्ला अनुगमन संयोजक आलेले बताए । गण्डकी प्रदेश सरकारले जारी गरेको मापदण्डमा तालतलैया, धार्मिक महत्वको पोखरी,शिक्षण सस्था, स्वास्थ्य संस्था, निकुञ्ज, आरक्ष क्षेत्र, घना बस्ती र वन क्षेत्रको १ किलोमिटर बाहिर र हाईटेन्सन लाईन, पक्की वा झोलुङगे पुलबाट बाट ५ सय मिटर पर उद्योग सञ्चालन गर्न पाउने उल्लेख गरेको छ ।

अनुगमन कार्यक्रममा जिल्ला समन्वय समिती उपाध्यक्ष शारदा विश्वकर्मा, जिल्ला प्रशासन कार्यालयका प्रशासन प्रमुख आनन्द भुसाल, जिल्ला वन अधिकृत कृष्ण बहादुर देवकोटा, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र प्रसाद अधिकारी, जिसस सदस्य मुरारी घिमिरे, विनयी त्रिवेणी गाउपालिका वडा नम्बर १ का वडा अध्यक्ष अजित कुमार थापा र पत्रकारहरुको उपस्थिती रहेको थियो ।