चितवनको माडी नगरपालिकाको बाँदरझुलामा मंगोलबाद जनचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न - MONGOL KHABAR

Breaking

चितवनको माडी नगरपालिकाको बाँदरझुलामा मंगोलबाद जनचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

चितवन । पौष २३,मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनको आयोजनामा पश्चिम चितवनको माडी नगरपालिकाको बाँदरझुलामा मंगोलबाद जनचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
अक्कलबहादुर तामाङको संयोजकमा भएको मंगोल जागरण कार्यक्रममा मंगोल तथा गैर मंगोलहरुको उपस्थित रहेको थियो । कार्यक्रममा अर्गनाइजेशनका केन्द्रिय अनुशासन बिभाग प्रमुख तथा केन्द्रिय सदस्य शक्तिराज चाम्लिङ राईले प्रशिक्षण दिनु भएको थियो । अतिथिमा केन्द्रीय सदस्य पुर्खाराम प्रजा पनि रहेको थियो ।

कार्यक्रममा स्थानिय अगुवा राजकुमार चेपाङले मन्तब्यको क्रममा त्यहाँको स्थानिय ले दश बर्षे जनयुद्ध देखि अहिले सम्म भोगेको दुख त्यहाँको स्थानिय जनता संग धेरै गुनासो रहेको बताउनु भयो । पछिल्लो समय चितवनमा मंगोल दर्शन र मंगोलबादको कार्यक्रम दिनहु हुँदै आएको छ ।
कार्यक्रम संचालन भने जगराम चेपाङले गर्नु भएको थियो ।