गायक खेमजी रानाको पछिल्लो स्वास्थ्य स्थितिबारे डाक्टर सँग परामर्श - MONGOL KHABAR

Breaking

गायक खेमजी रानाको पछिल्लो स्वास्थ्य स्थितिबारे डाक्टर सँग परामर्श

धादिङ पौष २३ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान धादिङका अध्यक्ष हिमाल घले सहितको टिमले गायक खेमजी रानाको पछिल्लो स्वास्थ्य स्थितिबारे डाक्टर सँग परामर्श गरेको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान धादिङका सदस्य समेत रहेका गायक खेमजी रानाको पछिल्लो स्वास्थ्य स्थिति बुझन अध्यक्ष घलेको नेतृत्वमा चितवन स्थित पुरानो मेडिकल कलेज पुगेको हो ।

डाक्टर सँग परामर्श गरिएकोबारे धादिङपोष्टलाई जानकारी गराउँदै प्रथम उपाध्यक्ष तथा लोक गायक बलबहादुर गुरुङले भने, गायक खेमजी राना अचेत अवस्थामा छन्, स्वास्थ्य स्थिति सुधारको पक्षमा छौ, यसै भन्न सकिने अवस्था छैन, यस्तो केश जुन हस्पिटलमा लगेपनि केहि हुन्न सकेको गरि रहेकै छौं, उपचारमा खटिएका डाक्टरको भनाई उधृत गर्दै बताए ।
धादिङका पहिलो आधुनिक गायक विरेन्द्र गुरुङ, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान धादिङ अध्यक्ष, वरिष्ठ उपाध्यक्ष कमला थापा, प्रथम उपाध्यक्ष, दितिय उपाध्यक्ष गणेश खनाल, सचिव सुर्य थापा, कोषाध्यक्ष मनमाया वाईवा लगायतको टिम विरामी रानालाई भेट्न पुरानो मेडिकल पुगेको थियो ।

धादिङ जिल्ला ज्वालामुखी स्थित खरीमा जन्मिएर नेपाली साँङ्गितिक क्षेत्रमा चर्चा कमाएका राना खरीमा भएको एक साँस्कृतिक कार्यक्रम सकेर फर्कदै गर्दा अचानक टाउको दुख्यो चक्कर लाग्यो भनेर बान्ता गरेपछि बेहोस भएका थिए । धादिङ अस्पतालले टाउकोको समस्या भएकोले अन्यत्र लान आग्रह गरे सँगै उनलाई चितवन स्थित पुरानो मेडिकल कलेज अस्पताल लगिएको थियो ।

चितवन स्थित पुरानो मेडिकलले टाउकाको अप्रेसन पनि गर्यो अप्रेसनको गरेको दास्रो दिन होसमा आएका राना पुनः वेहोस् भए । तेह्र दिन भयो इमरजेन्सीको भन्टिलेटरमा राखिएको तर होस खुल्न सकेको छैन रानाको जीवन संगीनीले धादिङपोष्टलाई बताईन् ।