नबिल बैंकको एटिएम फुटाएर क्यामरा चोर्ने एक जना इमाडोल बाट पक्राउ - MONGOL KHABAR

Breaking

नबिल बैंकको एटिएम फुटाएर क्यामरा चोर्ने एक जना इमाडोल बाट पक्राउ

काठमाडौ / एटिम फुटाएर सीसी क्यामेरा चोरी गर्ने एक पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त सातदोबाटोले हरिसिद्धिस्थित नबिल बैंकको एटिएम फुटाउने झापाका २१ वर्षीय आकाश लिम्बुलाई पक्राउ गरेको हो । लिम्बुले पुस १० गते राति करिब १० बजे एटिएम काउन्टरमा जडान गरिएको सीसी क्यामरा चोरेका थिए । सीसी क्यामेरा चोरेपछि एटिएम मेसिन फुटाएर पैसा चोरी गर्न लाग्दा अर्को व्यक्तिले देखे पछि उनी भागेका थिए । झापा घर भएका लिम्बु हरिसिद्धि बस्दै आएको सातदोबाटो वृत्तका प्रमुख डीएसपी गौतम मिश्रले जानकारी दिए । हुलिया मिलेपछि प्रहरीले लिम्बुलाई हरिसिद्धिबाटै पक्राउ गरेको हो । प्रहरीसँगको बयानमा उनले सीसी क्यामेरा चोरी गरेको स्वीकार गरेका छन् ।


प्रहरीले पाँच दिनको म्याद थप गरी लिम्बु माथि अनुसन्धान सुरु गरेको छ । त्यस्तै ललितपुरको महालक्ष्मी नगरपालिकामा भएको चोरीको अर्को घटनामा प्रहरीले काभ्रेको बनेपा घर भएका २६ वर्षीय सानो कान्छा तामाङलाई पक्राउ गरेको छ । तामाङले इमाडोल बोझे पोखरीका विशालबहादुर मगरातीले घर नजिकै पार्किङ गरेको मोटटरसाइकल चोरी गरेका थिए । इमाडोलको सानागाउँमा बस्दै आएका उनले पुस १५ गते साँझ ५ बजे पार्किङमा रहेको २२० सीसीको पल्सर मोटरसाइकल चोरेका थिए । चोरी पछि मोटरसाइकल डोर्याएर हिँडिरहेको अवस्थामा प्रहरीले तामाङलाई पक्राउ गरेको हो । उनलाई पनि पाँच दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ ।