साझपख पाल्पामा जन्ती बोकेको बस दुर्घटना : ३५ जना घाइते,दुखद खबर - MONGOL KHABAR

Breaking

साझपख पाल्पामा जन्ती बोकेको बस दुर्घटना : ३५ जना घाइते,दुखद खबर

काठमाडौं । पाल्पामा बिहीबार साँझ एक जन्ती बस दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी विनोद घिमिरेका अनुसार पाल्पाका बगनासकाली गाउँपालिकामा बिहीबार साँझ करिब ७ बजे दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी २२ जना घाइते भएका छन् । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको डीएसपी घिमिरेले मंगोल खबरलाई बताए । उनले घाइते सबैको पाल्पा तानसेनस्थित यूनाईटेड मिसन अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

पाल्पाको चिलाङदीबाट दाङको लमही नगरपालिका ४ लमहीमा बेहुली लिन गएको ना ५ ख ७२३८ नम्बरको बस बेहुली लिएर फर्किँदै गर्दा अनियन्त्रित भएर ३५ जना यात्रु बोकेको बस पल्टिएको थियो ।

बसमा रहेका यात्रु मध्ये २२ जना घाइते भएको र बाँकी सकुशल रहेको डीएसपी घिमिरेले जानकारी दिए । उनले बस दुर्घटनाको प्रारम्भिक अवस्था हेर्दा तिब्र गतिको कारणले हुनसक्ने बताए । उनले घटनाबारे थप अनुसन्धान जारी रहेको बताए ।