लागुऔषध सहित नवलपुर प्रहरीले तीन जना पक्राउ - MONGOL KHABAR

Breaking

लागुऔषध सहित नवलपुर प्रहरीले तीन जना पक्राउ

नवलपुर ,१७ पौष । विभिन्न अवैध लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय नवलपुरले तीनजनालाई पक्राउ गरेको छ ।

नवलपुरका छुट्टाछुट्टै स्थानबाट सोमबार सवारी चेकजाँचका क्रममा शंका लागेर खानतलासी गर्दा अवैध लागूऔषध एम्पुल, नुफ्रिन ,फेनारगन, नाईट्रोजन, सहित ३ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका तीनैजनालाई मंगलबारै जिल्ला प्रहरी कार्यालय नवलपुरले सार्वजनिक गरिएको छ ।


नवलपुरको मध्यबिन्दु नगरपालिका–१० अरुणखोला स्थित पूर्वपश्चिम राजमार्गमा स्थित सडकमा चेकजाँच गर्दा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु २ ख ८२८ नम्बरको बसमा सवार लमजुङ भुलभुले ९ घर भई हाल भरतपुर महानगरपालिका–१९ रामपुर बस्ने ३१ वर्षको विजय तामाङलाई शंका लागि पछी खानतलासी गर्दा उनको साथबाट डाइजेपाम १७ एम्पुल, नुफ्रिन १७ एम्पुल र फेनारगन १७ एम्पुल बरामद गरीएको छ ।

यसै गरि मध्यबिन्दु–१५ अरूणखोला र चोरमारा बीच जंगल स्थित पूर्वपश्चिम राजमार्गमा चेकजाँच गर्दा पूर्वतर्फ आउँदै गरेको लु १ ख ९८०८ नम्बरको बसमा सवार चितवन रत्ननगर नगरपालिका टाँडी–१२ बस्ने वर्ष १८ को राहुल खानले पाइन्टको अगाडि तर्फ कागजले बेरी लुकाएर ल्याउँदै गर्दा नाईट्रोजन १० लेखिएको ९५ ट्याब्लेट लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए।

त्यता अरुणखोला र चोरमाराबीच जंगलमा नै सवारी चेकजाँच गर्ने क्रममा पूर्वतर्फ आउँदै गरेको ना ७ ख ६५५० नम्बरको बसमा सवार कास्की पोखरा महानगरपालिका –१० मिलन टोल बस्ने वर्ष २३ को विवेक गुरुङले झोलामा टेपले टाँसी बेरेर ल्याएको नुफ्रिन ११२ एम्पुल, डाईजापाम १२४ एम्पुल र फेनारगन ११४ एम्पुल बरामद गरेको प्रहरी उपरीक्षक थापाले बताए।

लागूऔषधसहित पक्राउ परेका तीनै जनालाई प्रहरीले लागूऔषध मुद्दा चलाएर आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।