प्रदेश नं.-७ डोटीमा अर्गनाइजेशन जिल्ला तदर्थ सभा गठन - MONGOL KHABAR

Breaking

प्रदेश नं.-७ डोटीमा अर्गनाइजेशन जिल्ला तदर्थ सभा गठन

डोटि, १८ पौष । मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ प्रदेश नं.-७ डोटीमा जिल्ला तदर्थ सभा गठन भएको छ । गणेश घर्ती मगरको संयोजकत्वमा ९ सदस्यीय जिल्ला तदर्थ सभा गठन भएको हो । दिनेश घर्ती मगरको विशेष पहल तथा विशेष ब्यक्तित्वहरुको विशेष सहयोगमा सभा गठन भएको छ ।


सभाको सचिवमा मणिराज घर्तिमगर, कोषाध्यक्ष दिलमाया रोका मगर, प्रचार सचिवमा इन्द्र बहादुर बुढा मगर रहेका छन । सदस्यहरु पूर्ण सिंह बिक, अम्मर घर्ती, सैलेन्द्र पुन, राजेन्द्र मगर र दिनेश घर्ती रहेका छन ।

एकदिने प्रशिक्षणमा केन्द्रीय मूल सचिव नरबहादुर दर्लामी (बर्णबास) र जीवन मंगोल र बिशल मगरको उपस्थिती रहेको कार्यक्रममा बिभिन्न राजनैतिक दलका नेता, जनप्रतिनिधि, शिक्षक बुद्धिजिबिहरुको उपस्थितिरहेको थियो ।

मूल सचिव दर्लामी र जीवन मंगोल ७ नं. प्रदेशब्यापि सांगठनिक अभियानमा रहेका छन । २० गते कैलालीको विभिन्न भेगमा भिन्ना भन्नै  ठाउँमा विशेष दलका प्रतिनिधि बुद्दिजिबिहरुसंग भेटघाट छलफल रहने छ । २२ गते कैलालिको अत्तरियामा एकदिने प्रशिक्षणको आयोजना गरिएको छ । यसैगरी कंचनपुर र डडेल्धुरा लगायत जिल्लाहरुमा पनि भ्रमण रहने छ । यसैगरी बाँके बर्दिया, सुर्खेत हुँदै काठमाडौ फर्किने समय तालिका रहेको छ ।