प्रदेश नम्बर पाँचको बांकेमा २३ गते मंगोलवाद प्रशिक्षण कार्यक्रम हुदै - MONGOL KHABAR

Breaking

प्रदेश नम्बर पाँचको बांकेमा २३ गते मंगोलवाद प्रशिक्षण कार्यक्रम हुदै

बाँके / पौष २१, मंगोल नेशनल अर्गनाइजेशन-डा. गोपाल गुरुङ संगठनले पौष २३गते सोमबारका दिन बाँके जिल्लामा एक दिने मंगोलवाद प्रशिक्षण कार्यक्रम हुने भएको छ ।


संगठनको केन्द्रिय उच्च नेताहरु केहि दिन अघि मात्र सुदुरपश्चिमको डोटी जिल्ला सभा गठन सम्पन्न गरेर कैलालीमा आइपुगेको छ । आज कैलालीको अत्तरियामा कार्यक्रम सम्पन्न गरि २३ गते बाँकेको कार्यक्रममा सहभागी भएर प्रशिक्षण कार्यक्रम गर्ने भएको हो ।

भुपु सैनिक संगठनका केन्द्रिय सचीव लोकबहादुर रानामगरको पहलमा उक्त प्रशिक्षण कार्यक्रम हुने भएको छ । कार्यक्रममा संगठनको केन्द्रिय उच्च नेताहरु द्वारा प्रशिक्षण हुने  मंगोल खबरलाई जानकारी प्राप्त भएको छ ।