मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङको केन्द्रिय नेताहरु संगठन बिस्तारको क्रममा सुदुरपस्चिमको डोटीमा डोटी । - MONGOL KHABAR

Breaking

मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङको केन्द्रिय नेताहरु संगठन बिस्तारको क्रममा सुदुरपस्चिमको डोटीमा डोटी ।

डोटी / पौष १७,मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनका मुलसचिब तथा संचार प्रमुख जीवन मंगोल लगायत केही नेता कार्यकर्ताहरु संगठन बिस्तारको क्रममा आज सुदुरपस्चिमको डोटी आइपुग्नु भएको छ ।


संगठनका स्थानिय कार्यकर्ताहरुका अनुसार डोटीमा अर्गनाइजेशनले मंगोलवाद व्यापक प्रचारप्रसार गर्दै संगठन बिस्तार अभियान रहेकोले,उच्च नेताहरु डोटी आइपुगेको जानकारी दिएको छ ।

संगठनका उच्च नेताहरु पौष १५,गते दाङको कार्यक्रम सकेर सुदुरपश्चिमको कैलाली प्रस्थान गरेका थिए । उक्त टोली कैलालीमा आफ्नो कार्यकर्ता भेटघाट पश्चात् ,सुदुरपश्चिमको डोटी आइपुगेको हो । टोलीले डडेलधुरा,कंचनपुरमा समेत संगठन निर्माणको लागी प्रचारप्रसारमा जुटेको मंगोल खबरलाई जानकारी दिएको छ ।

अर्गनाइजेशनका टोली केहि दिन डोटीमै रहने र डोटीमा कार्यक्रम सकेर अर्को जिल्लामा संगठन निर्माण र मंगोलवाद प्रचारप्रसारको लागी जाने एक उच्च नेताले जानकारी दिएको छ ।