प्रीन्सिपल युवा सतीश राईको सन्देशमूलक लोक गीत आँखा खोल सरकार सार्वजनिक - MONGOL KHABAR

Breaking

प्रीन्सिपल युवा सतीश राईको सन्देशमूलक लोक गीत आँखा खोल सरकार सार्वजनिक

माघ ६ ,कावासोती –  प्रीन्सिपल युवा सतीश राईको सन्देशमूलक लोक गीत आँखा खोल सरकार सार्वजनिक भएको छ।
विगत केही वर्ष देखि मध्यबिन्दु नगरपालीका स्थित न्यु नेपाल ईङ्ग्लिश बोर्डिङ्ग स्कुल सन्चालनं गर्दै आएका प्रीन्सिपल सतीष राईले शिक्षक पेशा सँगै गीत सङ्गीतलाई पनि अगाडि बढाएका छन्।
उनले सन्देश मूलक लोक गीत आँखा खोल सरकार बजारमा ल्याएका हुन। उक्त गीत बजारमा आएको केही समयमा नै राम्रो हुँदै गइरहेको छ। उक्त गीतले राम्रो प्रतिक्रिया पाइरहेकोमा राई धेरै खुसी छन् । गीतमा सतीश राई र गायिका उमादेवीको स्वर सजिएको छ ।
शब्द सोयम आफै सतिश राईको छ भने सङ्गीत बिशालले गरेका छन्। उक्त गीतमा राशि रिजाल,शंकर , नेत्र , बिमलाले र बाल कलाकारले अभिनय गरेका छन्। म्युजिक भिडियोलाई निर्देशक सतीश राईले निर्देशन गरेका हुन्।


हेरौँ सोही गीत।