धरान । १७ पुस,धरान उपमहानगर-२ स्थित आईपी जोन कम्प्युटर सेन्टरका सञ्चालक करुन राईले इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनालाई मंगलबार दुई वटा सीसी क्यामेरा हस्तान्तरण गरेका छन् ।
धरानको मुख्य प्रवेशद्वार तिनकुनेमा सीसी क्यामेरा जडान गरी मंगलबारबाटै सञ्चालन गर्ने गरी हस्तान्तरण गरिएकाे हाे । सीसी क्यामेरा डिएसपी तिम्सिनाले अन गरेर सञ्चालन गरे । ४० हजार रूपैयाँ पर्ने सो क्यामेरा जापानी हाईटाची कम्पनीको हाे । क्यामेरा नाइट भिजन समेत हुने राईले बताए ।
गाडीको नम्बर प्लेट रिडेबल, तीन महिनासम्म रेकर्डिङ हुने, अनलाइन रिडिङ हुने यसका बिशेषता हुन् । धरानको सुरक्षा व्यवस्थालाई यस क्यामेराले थप बजबुद बनाउने संघीय समाजवादी फोरमका सुनसरी जिल्ला उपाध्यक्ष ताजुप लिम्बूले बताए । सुरक्षा प्रशासनलाई सहयोग पुगोस भनेर सीसी क्यामेरा प्रदान गर्नु सराहनीय काम भएको लिम्बूले बताए ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति धरान नगर समन्वयका अध्यक्ष सुबास चन्द्र हुक्पाचोङ्बाङ, राष्ट्रिय जनमुक्ति पार्टी धरान नगर अध्यक्ष चित्रराज थापा मगर, संघीय समाजवादी फोरम लिम्बुवान समिति सदस्य कृष्ण लिम्बूलगायत मंगोलका जिल्ला कार्यकर्ताहरु सहभागी थिए ।