पौष २९, कावासोती । नवलपुरको कावासोतीमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पुर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कावासोती नगरपालिका ९ पुरानो कावासोतीमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको ना ४ ख ७९२८ नंबरको बसले ना ४९ प २२०७ नंबरको मोटरसाईकललाई ठक्कर दिदा सो दुर्घटना भएको हो ।
सडक पार गर्ने क्रममा मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक रौतहट घर भई हाल कावासोतीमै बसेर घर बनाउने काम गर्दै आएका करिव ३५ वर्षिय धर्मेन्द्र यादको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक रमेश थापाले जानकारी दिनुभयो ।
थापाका अनुसार बसको ठक्करबाट गम्भिर घाईते भएका उनको उपचारका लागि कालिगण्डकी अस्पतालमा ल्याएपछि चिकित्सकले मृत घोषणा गरेका हुन् । ठक्कर दिने बस र चालकलाइ प्रहरीले नियन्त्रणा लिएको छ ।