चितवनबाट आयो डरलाग्दो घटनाको खबर , युवतीलाई यसरि तड्पाएर मारियो- पुरा हेर्नुहोस - MONGOL KHABAR

Breaking

चितवनबाट आयो डरलाग्दो घटनाको खबर , युवतीलाई यसरि तड्पाएर मारियो- पुरा हेर्नुहोस

चितवन । १५ माघ : पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारमा गए राति धारीलो हतियार प्रयोग गरी एक महिलाको हत्या भएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार हत्या हुनेमा स्थानीयवासी अन्दाजी ५२ वर्षीया रुपा थापा रहेकी छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले घटनाको विवरण प्राप्त भएसँगै प्रहरी नायब उपरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पठाइएको बताउनुभयो । प्रारम्भिक विवरणमा थापाको हत्या भएको जनाइएको भए पनि विस्तृत विवरण आइनसकेको उहाँले बताउनुभयो ।

प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले घटनाको वास्तविक विवरण आउन बाँकी रहेको बताउनुभयो । घटनाको अनुसन्धानका लागि कुकुरसहित आफूसमेत जाँदै गरेको उहाँले बताउनुभयो । घटनास्थलमा रहनुभएकी राप्ती नगरपालिकाका प्रमुख प्रभा बरालले रातिमा हतियारले घोचेर हत्या गरिएको बताउनुभयो । घरमा १४ वर्षीय बालकसँगै रहेकी थापाको क्रुरुरतापूर्वक हत्या गरिएको छ । परिवारका अन्य सदस्य घरमा नरहेको बेला घटना भएको हो । सँगै रहेका बालक भने सकुशल छन् । (रासस)