सुर्खेतमा अर्गनाइजेशनका प्रशिक्षण तथा सहयोग हस्तान्तरण - MONGOL KHABAR

Breaking

सुर्खेतमा अर्गनाइजेशनका प्रशिक्षण तथा सहयोग हस्तान्तरण

सुर्खेत /२४ पौष मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङले आज सुर्खेत बिरेन्द्रनगर स्थित रहेको होटेल जमुनामा एक दिने मंगोलवाद बारे प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
केन्द्रिय संचार बिभाग प्रमुख जिवन मंगोलले प्रशिक्षण प्रदान गर्नुभएको थियो । साथै उहाले यो देशको मुलबासी मंगोलहरुले अब आदिवासी जनजाति भन्न छोदेर मुलबासी मंगोल भनेर गर्व गर्न आग्रह गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि संगठनका  केन्द्रिय मुलसचिव नर बहादुर दर्लामीमगर (बर्णवास) ले मंगोलहरुको मात्र नभएर बिश्वकै मानिसहरुको अक्सिजन लोकतन्त्र र धर्मनिरपेक्ष भएको कारण यसको रक्षाको लागी सधै लागी पर्ने र मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ यो देशको सम्पूर्ण जनतालाई न्याय दिन सक्ने संगठन भएको बताउनुभएको छ ।
उक्त कार्यक्रमको अबसरमा MNO-Dr.Gopal Gurung कार्यक्रता मरियम राईको पहलमा संकलन रु  19832 र सुर्खेत जिल्ला सभाका विभिन्न नेता कार्यक्रता द्वारा संकलीत 7273 गरि जम्मा 27 हजार एक सय पाँच रुपैया गएको केहि महिना अगाडि गाडी दुर्घटनामा परेका  Dr.Gopal Gurung बिरेन्द्र नगरपालिकाका अध्यक्ष मिलन थापा मगरका दिदि मनकला रास्कोतीमगरको उपचारको लागी उहाको भाइ मिलन थापामगरलाई संगठनका मुलसचिव नर ब दर्लामीमगर वर्णबास ले हस्तान्तरण गरेका थिए ।

त्यस्तै संगठनका केन्द्रिय मुलसचिव नर ब दर्लामी बर्नवास द्वारा संकलित 35 हजार मुलबासी मंगोल सेवा कोषमालाई प्रदान गर्नुभएको थियो । मुलबासी मंगोल सेवा बिभाग प्रमुखमा अस्मिता लामिछाने मगरलाई चयन गरिएको छ । मंगोलहरुको ब्यापार ग्रुप लुङ झाङको प्रमुखमा भबिराम लामिछाने मगरलाई नियुक्त गरिएको छ ।  Dr.Gopal Gurung बराताल गाउँपालिका युवा सभा अध्यक्षमा कृस सारु मगरलाई चयन गरिएको छ ।

कार्यक्रम संचालन सुर्खेत जिल्ला युवा सचिव नबिन पुलामी मगरले गर्नुभएको थियोे । कार्यक्रममा केन्द्रिय सदस्य रतन बहादुर दर्लामी , केन्द्रिय सदस्य तिल ब श्रेष्ठ केन्द्रिय दुर्गा गुरुङ जिल्ला सचीव भुपेन्द्र थापा मगर लगायत जिल्ला सदस्यहरुको उपस्तिथि रहेको थियो । कार्यक्रमका सभाअध्यक्ष ग्रहण कर्णाली प्रदेश संयोजक भिम ब बिश्वकर्मा  मंगोलले गर्नुभएको थियो । प्रशिक्षण लिन विभिन्न स्थानहरु देखी  मुलबासी मंगोलहरुको उपस्तिथि रहेको थियो ।