नवगायक दिल सिङ सुस्लिङ मगरकाे “ ठमेल बजार ” बोलको लोकदोहोरी गितको पहिलो कोसेली म्युजिक भिडियो वजारमा - MONGOL KHABAR

Breaking

नवगायक दिल सिङ सुस्लिङ मगरकाे “ ठमेल बजार ” बोलको लोकदोहोरी गितको पहिलो कोसेली म्युजिक भिडियो वजारमा

नवलपुर । माघ १०, नवलपुरको पहाडी बुलिङ्टार  गाउँपालिकामा जन्मनु भएका नवगायक दिल सिङ सुस्लिङ मगरकाे “ ठमेल बजार ” बोलको लोकदोहोरी गितको पहिलो कोसेली म्युजिक भिडियो वजारमा बुधबार देवचुली DTM मिडियाको युट्युब चानल बाट सार्बजनिक गरिएको छ ।

नवगायक मगरको पहिलो गित " ठमेल बजार " बोलको गित सोचे जस्तै सफलताको आपेक्ष गरेको छ । " ठमेल बजार " बोलको गित नवगायक दिल सिङ सुस्लिङ मगर र प्रिया मगरको संयुक्त पहिलो प्रस्तुति हो । मौलिक लोकदोहोरी  गीतको शब्द तथा संगित प्रयास मगरले गर्नुभएको हो ।

गीतमा नवगायक दिल सिङ सुस्लिङ मगर र प्रिया मगरले स्वर दिनुभएकाे छ । भिडियाेमा प्रेम मगर र मुना मगरको अभिनय रहेको छ । रेकर्डिङ त्रिबेणी डिजिटल स्टुडियोमा गरिएको हो । सुशील चौहान मगरको निर्देशन रहेको यो गीत गायक दिल सिङ सुस्लिङ मगरको प्रस्तुति हो ।