नेपालकै पहिलो सुविधा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चितवनमा बन्दैछ । यसको औपचारिक घोषणा भोलि काठमाडौंबाट हुने - MONGOL KHABAR

Breaking

नेपालकै पहिलो सुविधा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चितवनमा बन्दैछ । यसको औपचारिक घोषणा भोलि काठमाडौंबाट हुने


चितवन । माघ १५, नेपालकै पहिलो सुविधा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चितवनमा बन्दैछ । यसको औपचारिक घोषणा भोलि काठमाडौंबाट हुन लागेको हो ।
सबैलाई कौतुहलता हुन सक्छ कस्तो बन्दैछ रग्ंशाला ? तस्वीरमा देखाईजस्तै चितवनमा बन्न लागेको अन्तराष्ट्रिय रगंशाला हुनेछ । रंगशाला धुर्मुस–सुन्तली फाउन्डेसनले बनाउन लागेको हो । दिउँसो १ बजे हुने कार्यक्रममा भरतपुर महानगरपालिका र फाउण्डेसनबीच निर्माण सम्झौतासमेत हुने भएको छ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नामाकरण गरिएको रंगशाला चितवनको भरतपुर महानगरपालिका–१५ मा निर्माण हुनेछ। कृषि तथा वन विज्ञान विश्वविद्यालयको छेउमा रहेको २० बिगाहा ६ कठ्ठा क्षेत्रफलमा रंगशाला बन्न लागेको हो। रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले जग्गा उपलब्ध गराएको हो ।

रंगशाला निर्माण हुने क्षेत्रफल बराबरको जग्गा महानगरले भरतपुर–२० मा रहेको जग्गा कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई सट्टाभर्ना दिएको छ । भरतपुर महानगर, त्रिभुवन विश्वविद्यालय र कृषि तथा वनविज्ञान विश्वविद्यालयबीच त्रिपक्षिय सम्झौता भएपछि रगंशाला निर्माणको वातावरण बनेको हो ।