नेपाल मगर संघ तानसेन वडा नम्बर १४ अर्गलीमा संगठन बिस्तार - MONGOL KHABAR

Breaking

नेपाल मगर संघ तानसेन वडा नम्बर १४ अर्गलीमा संगठन बिस्तार

मंगोल खबर
पाल्पा / पौष २७,नेपाल मगर संघ तानसेन नगर समितिले आफ्नो संगठन विस्तारको अभियानलाई तिब्र बनाएको छ । केहि समय अगाडि मात्रै गठन भएको समितिले तानसेन नगरपालिकाको सम्पुर्ण वडाहरुमा संगठनलाई विस्तार गर्ने योजना बनाएको छ ।

संघले तानसेन नगरपालिका वडा नम्बर १४ स्थित अर्गलीमा आफ्नो संगठन विस्तार गरेको छ । नेपाल मगर संघ तानसेन नगरपालिकाको आयोजनामा भएको कार्यक्रमले शंकर ढेंगा मगरको अध्यक्षतामा नौ सदस्य वडा कार्यसमिती चयन गरेको छ ।
जसको उपाध्यक्षमा प्रीती राना, सचिवमा नारायण सारु, सहसचिवमा राधिका थापा मगर, कोषाध्यक्षमा सुस्मिता राना र सदस्यहरुमा क्रमश रमा बुढाथोकी, अन्जु थापा, दिपा सारु र शेर बहादुर राना रहनु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल मगर संघ तदर्थ जिल्ला समिती पाल्पाका सचिव तेजु घर्ती मगरले मगर जातिहरु पछाडि परिरहेको र यसलाई उकास्नको लागि शिक्षा नै ठुलो हतियार रहेको बताउनु भयो । यस्तै नेपाल मगर विद्यार्थी संघ जिल्ला कार्य समिति पाल्पाका अध्यक्ष अमित रास्कोटी मगरले मगर जातिको भाषा, धर्म र सस्कृती लोप हुँदै गएकोले यसको संरक्षण गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

यस्तै कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ तानसेन नगरपालिका वडा नम्बर १४ का अध्यक्ष लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम संघका सदस्य शुमित्रा रानाको स्वागत मन्तब्य, नेपाल मगर संघ तानसेन नगर समितिका अध्यक्ष धन सिंह थापाको अध्यक्षता र सचिव पवन खाम्चा मगरको सन्चालनमा सम्पन्न भएको थियो ।