२९७ औं पृथ्वी जयन्ती मुलबासीको ईतिहास र अस्तित्व मेटाएको दिनलाई मुलबासी मंगोलले स्विकार्न सक्दैन - MONGOL KHABAR

Breaking

२९७ औं पृथ्वी जयन्ती मुलबासीको ईतिहास र अस्तित्व मेटाएको दिनलाई मुलबासी मंगोलले स्विकार्न सक्दैन

काठमाडौं, पौष २७-राज्यले आज पृथ्वीनारायण शाहको जन्मदिन धुमधाम मनाउने तयारी गरिरहदा नेपालका मुलबासी मंगोलहरुले भने बिरोध सभा गर्ने भएको छ । लोकतन्त्रको स्थापनापछि सरकारले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन छोडेपनि नागरिकस्तरमा भने यो दिवस मनाईने गरिएको छ । तर नेपालका मुलबासीले भने पृथ्वीनारायण शाहलाई हत्याराका रुपमा हेरिएको छ । यस वर्ष पनि बिभिन्न समूहको आयोजनामा पृथ्वीजयन्तीलाई बिरोधको रुपमा लिएको छ ।
राज्यले र्याली, झाँकी, सभा र माल्यार्पण सहित दिनभरी नै बिभिन्न कार्यक्रमको तयारी गरेको छ भने,यता आफुलाई आदिवासी जनजाती बनाएको भनेर नेपालका मंगोलहरुले मान्य नहुने भन्दै समारोहका साथ पृथ्वीनारायणलाई हत्याराको संज्ञा दिदै बिरोध गर्दै आइरहेको छ । पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण होइन यसलाई जलाएर थुकेर बिरोध गर्नु पर्छ भनेर देशै भरी तयारी गरेको समितीले बताएका छन । नेपाल एकीकरणको नाममा नेपालका मंगोलहरुको पुर्खालाई नाक कान काटी हत्या गरेको भन्दै बिरोध गर्न लागिएको समितीले जनाएको छ ।पृथ्वीनारायण शाहलाई मंगोल पुर्खाको हत्यारा भन्दै एकीकरण दिवस मनाउन नसक्ने र मंगोल पुर्खाको ईतिहास र अस्तित्व मास्नेलाई मंगोलले यसलाई बिरोध गर्न भुल्न नहुने समितिको भनाई छ ।

२९७ औं पृथ्वी जयन्ती आम मंगोल जनताको हत्या र इतिहास र अस्तित्व मेटाइएको दिनलाई खुशीयाली मनाउन नसकिने र राज्यले यसलाई मान्यता दिए,यहाँका ८०% अहिन्दु मंगोल चुप लागेर नबस्ने बताएका छन ।