तनहुँ ऋषिङमा मोबाइल चार्जमा राखेर भिडियो हेर्दा चट्टयाङ लागेर युवतीको मृत्यु - MONGOL KHABAR

Breaking

तनहुँ ऋषिङमा मोबाइल चार्जमा राखेर भिडियो हेर्दा चट्टयाङ लागेर युवतीको मृत्यु

तनहुँ । माघ १२, गएराती परेको चट्टयाङका कारण तनहुँमा एक युवतीको ज्यान गएको छ । ऋषिङ गाउँपालिका १, काँहुशिवपुर सेट्टाङ घर भई ऋषिङ गाउँपालिका २ लामाश्वारा स्थित माईत आएकी २० वर्षीय मिना माया थापाको चट्टयाङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
मोबाइल चार्जमा राखेर भिडियो हेर्ने क्रममा चट्टयाङ पर्दा घाइते भएकी मिनामायालाई उपचारका क्रममा दमौली अस्पताल ल्याएकोमा दमौली अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन् । मृतक थापाको शव दमौली अस्पतालको शवगृहमा रहेको छ । घटनास्थल सदरमुकाम दमौलीबाट बसमा करिब ४ घण्टाको दुरीमा रहेको छ ।