आफ्नै श्रीमानले नै गरे कमला चौधरीको हत्या - MONGOL KHABAR

Breaking

आफ्नै श्रीमानले नै गरे कमला चौधरीको हत्या

नवलपरासी २० पुस । नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका ४ लक्ष्मीनगर निवासी २१ बर्षीया महिला कमला चौधरीलाई आफ्नै श्रीमानले हत्या गरेका छन् ।
केही दिनदेखि हराएकी भन्दै कमला चौधरीका श्रीमान् सुनिल चौधरीले प्रहरीलाई खोजीका लागि उजुरी गरेपछि घटनाको अनुसन्धान गर्दै जाँदा उनकै श्रीमान्ले हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रहरी नावय उपरीक्षक एवम् सूचना अधिकारी वीरेन्द्र थापाले बताए ।

गत पुस ४ गते जंगलमा श्रीमान् श्रीमती दुवै मिलेर घाँस दाउँरा गर्न जाने क्रममा घरायसी विवादका कारण श्रीमानले जंगलमै हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको उनले बताए । सुनिल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चौधरीले प्रहरीकोमा जंगलमा घाँस दाउरा गर्न जाँदा श्रीमती वेपत्ता भएको भन्दै प्रहरीकोमा उजुरी दिएका थिए ।

कमला चौधरीको शव बुधबार बर्दघाटको चिसापानी जंगलमा मृत अवस्थामा फेला परेको थियो । प्रहरीले घटना शंकास्पद लागेपछि अनुसन्धान थालेको थियो । श्रीमतीका हत्या गर्ने सुनिल चौधरीलाई प्रहरीले कर्तव्य जान मुद्दा अन्तरगत मुद्दा दायर गरेको जनाएको छ ।