खोटाङको हलेसी नगरपालिका वडा नम्बर १० अर्खोलेमा मंगोलवाद बारे प्रशिक्षण कार्यक्रम सम्पन्न - MONGOL KHABAR

Breaking

खोटाङको हलेसी नगरपालिका वडा नम्बर १० अर्खोलेमा मंगोलवाद बारे प्रशिक्षण कार्यक्रम सम्पन्न

खोटाङ / पौष २८ शनिबार,मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ केन्द्रिय सभाको पहलमा आज खोटाङको हलेसी नगरपालिका वडा नम्बर १० अर्खोलेमा मंगोलवाद बारे प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
केन्द्रिय आर्थिक बिभाग प्रमुख आरेन राईले मंगोलवाद बारे प्रशिक्षण प्रदान गर्नुभएको थियो । र कार्यक्रममा सक्रिय कार्यकर्ता तिलक राई पनि सहभागी रहनुभएको मंगोल खबरलाई जानकारी दिएको छ । कार्यक्रममा स्थानियहरुले चासोको रुपमा लिएको थियो ।

प्रशिक्षक पछि त्यहाँका जनताले अब आफ्नो अस्तित्वको निम्ति मंगोल दर्शनलाई बुझेर छिट्टै संगठनको कार्यक्रम समिती बनाउने बताएका छ ।