मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनले रोल्पाको त्रिबेणी गाउँपालिका वडा नम्बर ३ मा एक दिने प्रशिक्षण पछि संगठन बिस्तार - MONGOL KHABAR

Breaking

मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनले रोल्पाको त्रिबेणी गाउँपालिका वडा नम्बर ३ मा एक दिने प्रशिक्षण पछि संगठन बिस्तार

रोल्पा । माघ १५ मंगलबार , मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनले रोल्पाको त्रिबेणी गाउँपालिका वडा नम्बर ३ मा एक दिने प्रशिक्षण कार्यक्रमको साथमा मंगलबार संगठन बिस्तार गरेको छ ।
यहाँका ब्याक्तित्वहरुको सल्लाह सुझाव पछि गुमान सिङ घर्ती मगरको संयोजकको नेतृत्वमा ३५ जना कार्यसमिती गठन पनि गरेको छ ।

स्थानिय बसिन्दाहरुले बैचारिक क्रान्ति गर्ने र आफुलाई ब्राह्मणबादले थिचोमिचोमा पारेको र अहिन्दुलाई जबर्जस्ती हिन्दु बनाएको कुरा पाका पू्र्खाहरुबाट सुन्दै आयता पनि नकश्ल बिभेदकारीहरुलाई प्राष्ट पार्न सक्ने अहिलेसम्म कुनै माध्यम नपाएको र अब युग पुरुष डा.गोपाल गुरुङज्यु को पबित्र मंगोल दर्शनलाई सहर्ष स्विकार्दै आधिकारिक रुपमा अगाडि बढ्ने र परि आएको खण्डमा सशस्त्र क्रान्ति गर्न पछि नहट्ने स्थानीय मुलवासीहरुले जोड्दार आवाज उठाएका थिए ।

त्यसै गरि निर्बाचित संयोजकले संगठनको बिस्तार पछि तत्काल मासिक लेबि पनि जम्मा गर्दै मंगोलको आर्थिक क्रान्ति संगै संगठन अभियानको क्रममा लाग्ने खर्च कार्य समितिबाटै उठाएर मंगोलको घरलाई रंगिन बनाउन आह्वान गरेको थियो । कार्यक्रम केन्द्रिय सदस्य बिमला पुन मगरको पहलमा नेत्री बिमला पुन मगरको दुई घण्टा लामो प्रशिक्षण पनि संगठन बिस्तार गरेको थियो ।