कैलाली तदर्थ जिल्ला सभा गठन सम्पन्न संयोजकमा गणेश बुढामगर चयन । - MONGOL KHABAR

Breaking

कैलाली तदर्थ जिल्ला सभा गठन सम्पन्न संयोजकमा गणेश बुढामगर चयन ।

कैलाली /२१ पौष,मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङले आज शनिबारका दिन कैलालीको अत्तरिया स्थित रहेको होटेल नमस्तेमा एक दिने मंगोलवाद बारे प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।


प्रशिक्षण पछि गणेश बुढामगरको संयोजकत्वमा २१ सदस्यीय कैलाली तदर्थ जिल्ला सभा गठन गरेको छ । केन्द्रिय संचार बिभाग प्रमुख जिवन मंगोलले प्रशिक्षण प्रदान गर्नुभएको थियो । साथै उहाले मुलबासी मंगोल समुदायले दशै मनाउनु भनेको आफ्नै पुर्खाको हत्याको दिनमा खुसियाली मनाउनु जस्तै भएको कारण दशै नमान्न आग्रह गर्नुभएको थियोे ।


त्यस्तै कार्यक्रमका अर्का प्रमुख अतिथि संगठनका केन्द्रिय मुलसचिव नरबहादुर दर्लामीमगर (बर्णवास) ले मंगोलहरुको मात्र नभएर बिश्वकै मानिसहरुको अक्सिजन लोकतन्त्र र धर्मनिरपेक्ष भएको कारण यसको रक्षाको लागी सधै लागी पर्ने र मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ यो देशको सम्पूर्ण जनतालाई न्याय दिन सक्ने संगठन भएको बताउनुभएको थियो ।

कार्यक्रम संचालन देबिका मगर (राई) ले गर्नुभएको थियोे भने कार्यक्रमका सभाअध्यक्ष ग्रहण शेरबहादुर घर्तिमगरले गर्नुभएको थियो । प्रशिक्षण लिन विभिन्न स्थानहरु देखी  मुलबासी मंगोलहरुको उपस्तिथि रहेको थियो ।