नवलपरासीको सुनवल नगरपालिका वडा नं. १३ बडेरा रंगशालामा प्रथम लोक सांस्कृतिक तथा पर्यटन महाेत्सव हुने - MONGOL KHABAR

Breaking

नवलपरासीको सुनवल नगरपालिका वडा नं. १३ बडेरा रंगशालामा प्रथम लोक सांस्कृतिक तथा पर्यटन महाेत्सव हुने

नवलपरासी । २२ पौष ,नवलपरासीको सुनवल नगरपालिका वडा नं. १३ बडेरा रंगशालामा प्रथम लोक सांस्कृतिक तथा पर्यटन महाेत्सव हुने भएको छ।

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान नेपाल – जिल्ला कार्यसमिति नवलपरासीकाे अायाेजनामा यहि माघ १७ गतेदेखि २८ गतेसम्म नेपाली कला संस्कृति संरक्षण र सम्बद्धन गर्ने उद्देश्यकाे साथ प्रथम लोक सांस्कृतिक तथा पर्यटन महाेत्सव बडेरा रंगशालामा हुने भएको छ।
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान नेपाल – जिल्ला कार्यसमिति नवलपरासीकाे अध्यक्ष भरत क्षेत्रीकाे अध्यक्षतामा अाज भएको भेलाले उक्त महाेत्सव बारे विभिन्न संघ ,संस्था , क्लब , स्थानीय बासि, समाजसेवी तथा विभिन्न ब्यक्तित्व बिच छलफल कार्य भएको हाे। महाेत्सव सफल पार्नका लागि १४ सदस्यीय उपसमिति गठन गरिएको छ।

महाेत्सवमा कुल १५० ओटा स्ट्ल रहने र ८० ओटा बुकिङ भैइसकेको छ । फरक फरक समुदायका फरक फरक मौलिक सांस्कृतिक झलकहरु, जिल्ला स्तरीय लोक दोहोरी प्रतियोगिता, जिल्ला स्तरीय भजन प्रतियोगिता, फरक फरक समुदाय बिचको मैत्रीपुर्ण भलिबल प्रतियोगिता ,जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता र प्रथम खुल्ला भलिबल प्रतिगिता महाेत्सवमा हुने छ।

साथै महाेत्सवलाई थप मनाेरन्जनात्मक बनाउनका लागि डुङ्गा सवार ,मोतका कुवा, अशटिरिज ,बालमैत्री खेलाैना साथै  ११ दिन सम्म विभिन्न बिधाका गायक गायिकाहरुकाे उपस्थिति रहने संस्थाका सचिव रमेश पराजुलीले जानकारी दिनु भएको छ।

महाेत्सवमा आफ्नो संस्थाको पाेसाग सहित झाकी प्रदर्शन गरेमा उत्कृष्ट  हुनेलाई  उचित पुस्कार प्रदान गरिने छ । याे महाेत्सव अरु महाेत्सव भन्दा फरक रहने राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान नेपाल – जिल्ला कार्यसमिति नवलपरासीकाे अध्यक्ष भरत क्षेत्रीले  जानकारी दिनुभएको छ।