सुन्दर शान्ति युबा क्लबको आयोजनामा एक दिने बृहत सास्कृतिक मेला हुने - MONGOL KHABAR

Breaking

सुन्दर शान्ति युबा क्लबको आयोजनामा एक दिने बृहत सास्कृतिक मेला हुने

नवलपुर । माघ १३ आइतबार, नवलपरासी सुस्ता पुर्बका कान्छा नगरपालिकामा चिनेनी मध्यबिन्दु नगरपालिकाको
वार्ड नम्बर १४ रातामाटामा सुन्दर शान्ति युबा क्लबको आयोजनामा एक दिने बृहत सास्कृतिक मेला हुने भएको छ ।


आउदै गरेको श्रीपन्चमीको अवसर पारेरे,माघ २६ गतेका दिन सुन्दर शान्ति युवा कल्ब मध्यविन्दुमा " बृहत् रमाइलो रातामाता मेला-२०७५ " हुने भएको छ हो । रातामाटाको सान,कला सास्कृतिक हाम्रो पहिचान " भन्ने नाराका साथ कला सस्कृतिको संरक्षण गर्ने उद्देश्यले मेला अायोजना गर्न लागेको बहु प्रतिभाका धनी गायक तथा सफल उद्धघोषक दुर्शम मगरले मंगोल खबर अन्लाइनलाई जानकारी गराएको छ ।
कार्यक्रममा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरु सम्झना लामिछाने मगर, मेक्सम खाती छेत्री, सुस्मिता चौधरी, सुजन बिसि, र दुर्शम मगरको बेजोड प्रस्तुतिको साथमा मध्यबिन्दु डान्स आईडलहरुको प्रस्तुति र स्थानियको मौलिक सास्कृतिक मारुनी नाच, लोक नृत्य, झ्याउरे नाच र स्थानीय कलाकारहरुको पनि वेजोड प्रस्तुति रहने छ ।