सप्तरी । पौष २९,केन्द्रीय सदस्य तथा प्रदेश नं.२ का प्रमुख फजिल मन्सुरिकाे पहल र सक्रियतामा सउदिन शेखकाे अध्यक्षतामा सप्तरी जिल्ला नारि सभा गठन गरियाे ।
केन्द्रीय सदस्य तथा केन्द्रीय सचिव लाेक तामाङ,केन्द्रीय सदस्य तथा केन्द्रीय अनुशासन बिभाग संयाेजक र प्रदेश नं.१ का प्रमुख शक्ति चामलिङ,केन्द्रीय सदस्य तथा केन्द्रीय मजदुर सभाका संयाेजक कान्छा राई,सुनसरि जिल्ला अध्यक्ष काजिराम राई,सुनसरि जिल्ला नारि सभा अध्यक्ष अमृता राई,सुनसरि जिल्ला भुपु सैनिक सभा सचिव नयन्द्र राईकाे उपस्थितिमा रहेको थियो ।
चुनु खातुनकाे अध्यक्षतामा ४१ जना सदस्य सहितकाे सप्तरी जिल्ला नारि सभा गठन गरिएको छ । उक्त कार्यक्रममा शक्ति चामलिङ ज्युले प्रशिक्षण दिनुभएकाे थियाे भने कार्यक्रम संचालन धरान १३ वडा सभा अध्यक्ष साहारा कुलुङ राई ज्युले गर्नु भएकाे थियाे ।