बौद्ध बज्र पद्मे छ्योइलिङ गुम्बा समितिद्वारा आयोजित बुद्ध स्तुपा स्थापना तथा रप्ने पूजा कार्यक्रममा संचार बिभाग प्रमुख जीवन मंगोल - MONGOL KHABAR

Breaking

बौद्ध बज्र पद्मे छ्योइलिङ गुम्बा समितिद्वारा आयोजित बुद्ध स्तुपा स्थापना तथा रप्ने पूजा कार्यक्रममा संचार बिभाग प्रमुख जीवन मंगोल

मकवानपुर २९ पुष । बौद्ध बज्र पद्मे छ्योइलिङ गुम्बा समितिद्वारा आयोजित बुद्ध स्तुपा स्थापना तथा रप्ने पूजा कार्यक्रम आज सम्पन्न भएको छ  ।

हेटौंडा उ.मा.न.पा-१९ बसाहामाडी डुम्बारेमा भएको कार्यक्रमको सभापती वीर बहादुर बजु र प्रमुख अतिथिमा नवराज सुबेदि रहेका थिए । राजनैतिक दलको तर्फबाट मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङका केन्द्रीय सन्चार बिभाग प्रमुख जीवन मंगोल र केन्द्रीय सदस्य पुर्खाराम चेपाङ पनि सहभागी कार्यक्रमलाई जीवन मंगोलले सम्बोधन गर्नु भयो ।
हिन्दु र बौद्ध ओमकार परिवार भनेर हिन्दुवादिले प्रचार गरेकोमा तिब्र बिरोध गर्दै बौद्धहरु हिन्दु नभएको स्पष्ट पारेका छन । बुद्धलाई बिष्णुको अवतार भन्नु बुद्धको अपमान गर्नु हो । नेपालमा कुनै समय ५५ प्रतिशत बौद्धहरु रहेकोमा अहिले नेपालमा ९ प्रतिशतमा सिमित हुनु हिन्दुहरुको जितुवा प्रवृत्ति र एकात्मक नीति रहेको बताए ।
नेपालमा बौद्ध मार्गिले धेरै अन्याय अत्याचार सहेर बसेको भन्दै सधै भरी सहेर बस्छ भनी नसोच्न आग्रह गरे ।

बुद्धको सन्देश जनजनको मनमा हुनुपर्ने भन्दै त्यसको लागि धार्मिक गुरुहरुले बिशेष भुमिका निभाउन आग्रह गर्नु भयो । शान्ती आफ्नै मनभित्र खोजे अवस्य प्राप्त हुने उनको तर्क थियो । मूलबासी मंगोलहरु प्रकृति पुजक पछि बौद्ध भएता पनि राज्यसत्ताको दमनले बुद्ध उपेक्षामा पारिएको बताए । बुद्धबादले जातपात नमान्ने भएकाले हिन्दुबाट प्रहार हुदैआएको तथ्यलाई उजागर गरे । बुद्ध मंगोल थिए त्यसैले जातिपातिको कट्टर बिरोधी थिए । मंगोलहरु जातप्रथाको बिरोधी समानताको  पक्षपाती हुन ।