मलेसिया । जनवरी 1, मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ प्रवास सभा मलेसियाले ३० औं स्थापना दिवस कार्यक्रम भब्य रुपमा मनाइयो । डा.गोपाल गुरुङले मंगोल दर्शन प्रतिपादन गरि जारी गर्नुभएको दिन सन् 01/01/1989 लाई घोषण दिवसको रुपमा गरियो हो ।
कार्यक्रममा अध्यक्ष जिबि गुरुङले नयाँ उपस्थित मंगोल योद्धाहरुलाई मंगोलवाद बारे प्रशिक्षण दिदै शुभकामना समेत दिनु भएको थियो । कार्यक्रममा अन्य अतिथिहरुले डा.गोपाल गुरुङको मंगोल दर्शन बारे बोल्नु भएको थियो ।
आजको कार्यक्रमले प्रबास सभा मलेसियाको कार्यसमिती पनि फेरबदल गरिएको छ । जसमा पुर्ब कोषअध्यक्ष सन्तोष ठान्टी मंगोल बिबिध कारणबस कोषको कार्यभार समालनु नसक्ने भै उहाले स्वइच्छाले कोषाध्यक्ष बाट राजीनामा दिनु भएकोमा वहाँको राजीनामा स्वीकृत गर्दै रिक्त पोस्टमा इन्द्र अ्बुले राई मंगोललाई आज कै मिति बाट लागू हुने गरि नियुक्त गरिएको छ । प्रचारप्रसार सचीवमा, शिव मगर र सहकोषअध्यक्षमा दिलिप तामाङलाई जिम्मेवारी दिएको छ ।
कार्यक्रम मनोज मंग्रान्तीको स्वागत मन्तब्य बाट शुरु भै अर्गनाइजेशनका प्रवास सभा अध्यक्ष जि.बि गुरुङको अध्यक्षतामा प्रबास सचिब राज दर्लामी मंगोलको संचालनमा क्वालालम्पुर मेडान पासारको खाजा घर रेस्ष्टुरेन्टको सभा हलमा सम्पन्न भएको थियो ।