MNO डा.गोपाल गुरुङ संगठनको पाँच नम्बर प्रदेश अन्तर्गत बुद्धिजीवीहरु संग अन्तरकृया कार्यक्रम सम्पन्न - MONGOL KHABAR

Breaking

MNO डा.गोपाल गुरुङ संगठनको पाँच नम्बर प्रदेश अन्तर्गत बुद्धिजीवीहरु संग अन्तरकृया कार्यक्रम सम्पन्न

बुटवल । पौष २१,पछिल्लो समय देशै भरी प्रशिक्षण र संगठन बिस्तार अभियानमा रहेको मंगोल मुक्तिको एक मात्र महान संगठन,मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनले आज बुट्वलमा एक अन्तरक्रिया तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।


केन्द्रीय सभाका अनुशासन बिभाग प्रमुख तथा प्रदेश नम्बर १ का संयोजक शक्ति राईको प्रमुख अतिथ्यामा भएको कार्यक्रममा मंगोल दर्शन बुझ्न बुट्वलका स्थानिय व्यावसायिक, बिद्यार्थीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथी राईले अर्गनाइजेशनको बिधान ,सिद्धान्त र मंगोलवाद बारे प्रष्ट्याउनु भएको थियो ।  कार्यक्रममा स्थानीय बुद्धिजीवी चन्द्रमान मंगोल, सुनबहादुर मंगोल ,दिपक मंगोल , ओमबहादुर मंगोल र अमृत मंगोल लगायत विभिन्न राजनीति दलमा आवद्ध रहेको बुद्धिजीवी बिच अन्तरक्रिया गरेको थियो । कार्यक्रम पश्चात् वहाँहरु सबैले अब मंगोल दर्शनले बन्द आँखा खुलाई दिएकोले अब ढिला नगरी मंगोल राष्ट्रबादमा लाग्ने बताएका छन ।

साथै कार्यक्रममा अर्गनाइजेशनका केन्द्रिय प्रबक्ता तुलवीर दर्लामी ,केन्द्रिय सदस्यहरु जगत ठाडा मंगोल,जय बहादुर सारु मगर,कृष्ण दर्लामी मगर,पाल्पा युबा सभाका अध्यक्ष बिमल राना मगर,पाल्पा युबा सभाका सचिब प्रकाश पल्ली मगर र रुपन्देही नारी सभाका अध्यक्ष स्मिता थापा मगर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम रुपन्देहीको बुटवल रोज पार्टी प्यालेसमा भएको थियो ।