MNO ले लोकतन्त्रलाई स्विकार्दै जारी संबिधानको बिरोध नगरी समाबेसीलाई अंगाल्नु पर्छ - बुद्ध लाल मेचे - MONGOL KHABAR

Breaking

MNO ले लोकतन्त्रलाई स्विकार्दै जारी संबिधानको बिरोध नगरी समाबेसीलाई अंगाल्नु पर्छ - बुद्ध लाल मेचे

काठमाडौं /  मंगोल नेशनल अर्गनाइजेशन खस आर्य सहितका केन्द्रीय प्रेसिडेण्ट बुद्धलाल मेचेले नव बर्ष २०१९ को पावन अवसरमा सम्पूर्ण ८०% अहिन्दु मूलवासी मंगोल जन समुदायहरूमा नेपाली दाजुभाइ ,दिदीबहिनीहरूमा नवबर्षको हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ। एक विग्यप्ती मार्फत सुख शान्ति संगै समृद्धिको कामनागर्दै नयाँ बर्षको शभकामना व्यक्त गर्नु भएको हो । वहाँले मंगोल नेशनल अर्गनाइजेशनको दाङमा ३०औं स्थपना दिवस कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गरेकोमा सबै नेता तथा कार्यकर्ताहरुलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

एम.एन.ओ.को फाउण्डर प्रेसिडेण्ट अमर युग पुरुष डा.गोपाल गुरुङज्युले लड्नु भएको मंगोल मुक्तिको लडाईलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्णलाई समेत धन्यवाद व्यक्त गर्नुभएको छ । मेचेले देश लोकतन्त्रमा गैसकेकोले अहिलेको संबिधानको बिरोध गर्नु भनेको लोक्तन्त्रको हत्या गर्नु हो भनेर बारम्बार सभामा बोल्दै आउनु भएको छ । लोकतान्त्रिक पद्धतिमा कुनै पनि राजनीति दलले समाबेसी र समानुपातिकमा खस आर्य नस्विकारी जान नसक्ने बताउनु भएको छ । वहाँले बिश्वमा हुँदै नभएको बाहुनलाई गाली गर्नुको औचित्य नभएको पनि प्रष्ट पार्नु भएको थियो । साथै वहाँले MNO लाई समाप्त पार्ने दुष्ठहरु संग सजक रहेर आफू मंगोल मुक्तिको लागि गर्धन थाप्न परे पनि पछि नहटेर गोपाल गुरुङको सपनालाई साहकार पार्न स्थानीय,प्रदेश र प्रतिनिधि निर्बाचनमा संगठनलाई खारेज हुन बाट जोगाएर खस आर्य स्विकारेको र यसको बारेमा वकालत गरेर बस्न नहुने भन्दै प्रष्ट पार्नु भएको थियो । त्यसैले वहाँले मंगोल राष्ट्रबादको च्याप्टर बन्द गरेर समाबेसी,समाजबाद,राष्ट्रिय र अराष्ट्रिय रुपमा संगठनलाई जारी संबिधानमा रहेर मंगोल मुक्तिको लागि अगाडि बढ्न कार्यकर्तालाई आह्वान समेत गर्नु भएको छ । 

एम.एन.ओ.को ३०औं स्थापना दिवसको उपलक्ष्यमा बिगतको बर्षहरुमा जस्तै तपाईहरुको हरेक क्षेत्रमा उन्नति, प्रगति होस भनी उत्तरोत्तर प्रगतीको कामना गर्दछु भनी देशबासीलाई शुभकामना दिनु भएको थियो । र आज तपाईहरुको चेहरामा उज्यालो चमक र खुसीको मुस्कुराहट देखिएको छ । यसमा अझ खुलेर खुशी हुनुहोस, रम्नुहोस, झुम्नुहोस, नाच्नुहोस, गाउनुहोस । आफु बन्नका लागि नभएर युग पुरुष अमर डा.गोपाल गुरुङ ज्युले यहाँका अहिन्दु मुलवासी मंगोलहरुको अब आउने भावी छोरा, नाति-पनातिहरुलाई आफनो मुलुकमा आफै मालिक बनोस, मान्छे जस्तो भएर बाचोस, हराभरा भएर फलोस-फुलोस भनेर नै ज्यानको बाजी लगाएर दुरदर्शी लडाई लडी दिनु भएको हो ।

यो लडाई लड्दा ३ बर्ष जेल जानु पर्यो । ५ बर्ष भुमिगत जीवन बिताउनु पर्यो । सर्वस्वहरण हुनेगरी लुटिनु पर्यो । तब मात्र यो उत्साह, उमंग र खुसीको क्षणहरु आउन थालेको हो । आज तपाईहरुको रचनात्मक सहयोग र संगठनको निम्ति दिनु भएको त्याग, तपस्या र योगदानको कारण संगठनले चाँडै नै निर्णायक युद्ध जित्ने निश्चित भइसकेको छ । सित्तैमा यो संसारमा पाइने कुरा केही छैन । हरेक कुरामा, हरेक क्षेत्रमा लगानी, श्रम-पसिना, त्याग, तपस्या र योगदान चाहिन्छ नै । बिना लगानी केही पनि पाउने वाला छैन यो धर्तीमा । तसर्थ मेरो अनुरोध छ यहाँहरुलाई , तपाई संग जे छ तेही दिनुहोस संगठनलाई । तपाईसंग भाषण गर्ने कला छ भने तेही दिनुहोस । तर्क गर्ने क्षमता छ भने तेही दिनुहोस । लेख्ने कला र क्षमता छ भने दिनुहोस । गाउने र बजाउने कला छ भने तेही दिनुहोस । पैसा छ भने दिएर सहयोग गर्नु होस । पसिना मात्रै छ भने पसिना दिनुहोस् । जति दिनु हुन्छ तेती पाउनु हुन्छ । ३०औं स्थापना दिवस तथा नयाँ वर्ष २०१९ को अवसरमा यही शुभकामना सन्देश व्यक्त गर्न चाहन्छु ।