कालिनचोक गाउँपालिकाको अधिबेशन सम्पन्न - MONGOL KHABAR

Breaking

कालिनचोक गाउँपालिकाको अधिबेशन सम्पन्न

दोलखा ४ फागुन ।  मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ दोलखा जिल्ला अन्तर्गतको कालिनचोक गाउँपालिकाको अधिबेशन शनिबार सफलता पुर्वक सम्पन्न गरेको छ ।
साथै मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङको प्रेसिडेन्ट बस्ने कार्यालय एल्लो हाउसले निर्बाचित सदस्यहरुलाई बधाई दिदै सम्बन्धित जिल्ला सभा, गाउँपालिका सभा,वडा सभा, प्रवास सभा तथा सम्पुर्ण आर्थिक भौतिक सहयोग पुर्याउनुहुने मुलबासी मंगोल लगायत संघ सस्थाहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि संचार बिभाग प्रमुख जिवन मंगोल रहनुभएको थियो । साथै केन्द्रिय सदस्य सुखमान थामी, इन्दिरा राई ,पाँच नं प्रान्तीय सभा संयोजक बिमल पुन, दोलखा जिल्ला अध्यक्ष आकाश थामी, मंगोल गायक प्रकाश राई लगायतका नेता कार्यकर्ताहरु सहभागी रहनुभएको थियो । कार्यक्रममा बाक्लो मुलबासी मगोलहरुको सहभागी रहेको थियोे l