नवलपरासी सुस्ता पुर्बका कान्छा नगरपालिकाको नाममा चिनेनी मध्यबिन्दु नगरपालिकाको वार्ड नम्बर १४ रातामाटामा सुन्दर शान्ति युबा क्लबको आयोजनामा हिजो भब्य सास्कृतिक कार्यक्रम सम्पन्न - MONGOL KHABAR

Breaking

नवलपरासी सुस्ता पुर्बका कान्छा नगरपालिकाको नाममा चिनेनी मध्यबिन्दु नगरपालिकाको वार्ड नम्बर १४ रातामाटामा सुन्दर शान्ति युबा क्लबको आयोजनामा हिजो भब्य सास्कृतिक कार्यक्रम सम्पन्न

नवलपुर । माघ २७,आइतबार, नवलपरासी सुस्ता पुर्बका कान्छा नगरपालिकाको नाममा चिनेनी मध्यबिन्दु नगरपालिकाको वार्ड नम्बर १४ रातामाटामा सुन्दर शान्ति युबा क्लबको आयोजनामा हिजो भब्य सास्कृतिक कार्यक्रम  सम्पन्न भएको छ ।
रातामाटाको सान,कला सास्कृतिक हाम्रो पहिचान भन्ने नाराका साथ कला सस्कृतिको संरक्षण गर्ने उद्देश्यले श्रीपन्चमीको अवसर पारेर सुन्दर शान्ति युवा कल्ब मध्यविन्दु रातामाटाले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय स्तरको कलाकार र स्थानीय कलाकार क्रमश : सम्झना लामिछाने मगर, मेक्सम खाती छेत्री, सुस्मिता चौधरी, सुजन बिसिको साथमा मध्यबिन्दु डान्स आईडलहरुको प्रस्तुति र स्थानियको मौलिक सास्कृतिक मारुनी नाच, लोक नृत्य, झ्याउरे नाच र स्थानीय कलाकारहरुको वेजोड प्रस्तुति रहेको थियो । कार्यक्रममा स्थानियले भरीपुर्ण मनोरञ्जन लिएको थियो ।
उक्त कार्यक्रमको प्रमुख अतिथी नेपाली काङ्ग्रेस महासमितिका सदस्य तथा बरिस्ठ समाजसेवी,बिष्णु कुमार कार्की,बिशिष्ट अतिथिमा मध्यबिन्दु नगरपालिकाको मेयर चन्द्र बहादुर राना मगर र विशेष अतिथि,मध्यबिन्दु नगरपालिका वडा न.१४ र १२ का अध्यक्ष मिनबहादुर दर्लामी मगर र कुलबहादुर गुरुङ रहेको थियो भने सभापतित्व लिजा मगरले गर्नुभएको थियो । सास्कृतिक संयोजक भने बहु प्रतिभाका धनी गायक तथा सफल उद्घघोषक दुर्शम मगर रहेको थियो । कार्यक्रम गणेश दराईले संचालन गर्नुभएको थियो ।