मुलबासी मंगाेल राम्रा नेता कार्यकर्ताका ४० लक्षणहरू - MONGOL KHABAR

Breaking

मुलबासी मंगाेल राम्रा नेता कार्यकर्ताका ४० लक्षणहरू

१) MNO(डा.गोपाल गुरुङ)लाई प्राण भन्दा प्यारो ठान्नु  ।
२) अनुशासित र जिम्मेवारी पुरा गर्नु ।
३) संगठनको गोपनियता भङ्ग नगर्नु ।
४) संगठनको विधी र विधान भित्र रहनु ।
५) बाहना नबनाउनु ।
६) टार्ने बानी नभएको ।
७) माफी दिन र लिन सक्ने ।
८) धैर्य पुर्वक बस्न सक्ने ।
९) सधै खुला बिचार राख्ने ।
१०)आफ्नो धारण प्रस्तुत गर्नु अघि अरुको धारण बुझ्न सक्ने ।
११) बलजफ्ती नगर्ने ।
१२) अरुको कुरा मान्न तयार हुने ।
१३) सानातिना कुरामा लचिलो हुने तर सिद्धान्तमा अडिग हुने ।
१४) कठोर तर्कका लागी नरम शब्दहरु प्रयोग गर्ने खाल्को ।
१५) झुट्टो नबोल्ने ।
१६) कुरा नकाट्ने ।
१७) अरुको बेइज्जत नगर्ने ।
१८) नेतृत्व ( नेता ) दूरदर्शी निष्पक्ष र विवेकी हुनु ।
१९) समय परिपालनामा नेता, जनता  र कार्यकर्ताले विशेष ध्यान दिएको हुने ।
२०) नियमित रूपमा मंगाेल दर्शनको प्रशिक्षण हुने गर्छ ।
२१) राम्राे नतिजाका लागि केन्द्रिय नेता, प्रदेश तथा जिल्ला सभा, वडा सभा र भातृसंगठन दत्तचित्त भएर लागेका हुन्छन् ।
२२) प्रत्येक मासिक, त्रैमासिक र वार्षिक कार्ययोजना पछि नतिजा विश्लेषण र पृष्ठपाेषण लिनेदिने कार्य हुन्छ ।
२३) कार्यकर्ताकाे भूमिका अत्यन्तै सहयाेगी हुन्छ ।
२४) प्रत्येक नेता कार्यकर्ताकाे काम र आनीबानिका बारेमा नियमित साेधखाेज गरिरहनु ।
२५) कार्यसम्पादन र नतिजाका आधारमा प्राेत्साहन पुरस्कारकाे व्यवस्था हुन्छ ।
२६) संगठनमा समूहकार्य (Teamwork) ले उच्च प्राथमिकता पाएकाे हुन्छ ।
२७) सबै भातृसंगठनहरूले नतिजा सुधारकाे लक्ष्यसहित याेजना बनाइ स्वीकृत गराएका हुन्छन् ।
२८) प्रत्येक नेतालाई केही न केही जिम्मेवारी दिएकाे हुन्छ ।
२९)आ-आफ्नो कर्तव्य निर्वाहमा कुनै संझाैता हुदैन ।
३०) संगठन भित्र कुनै गुटबन्दी क्रियाकलाप हुदैन ।
३१) सबै कार्यकर्ता प्रति समान व्यवहार हुन्छ । विचारका अाधारमा कुनै भेदभाव हुंदैन ।
३२) जनताले साथ सहयोग के कति पाइरहेका छ,संगठनको माथिल्लाे र तल्लाे तहका भातृसंगठन बिच विषयगत रूपमा sharing culture हुन्छ ।
३३) चुनाव जित्न आवश्यकता अनुसार अतिरिक्त र सह अन्तर क्रियाकलाप आयाेजना हुने गर्छ ।
३४) मासिक रूपमा अनिवार्य र आवश्यकतानुसार संगठनको बैठक हुने गर्छ ।
३५) जनताको सुख दुःखमा नियमित अभिभावकत्व रुपमा  सम्पर्क हुने गर्छ ।
३६) मंगाेल राष्ट्रबादको डा.गोपाल गुरुङ ज्युले लेख्नुभएको किताब अदेखा सचाइ, अस्तित्वको खोज, मंगाेलबाद, बाहुनबाद र थप पुस्तक तथा सन्दर्भ सामग्री नियमित रूपमा प्रयाेग हुन्छन् ।
३७) सबैप्रति सम्मानजनक व्यवहार र विश्वास गर्ने गरिन्छ ।
३८) नारीको इज्जत गर्ने नेताकार्यकर्ता ।
३९) अहंकार नभएको ।
४०) घमण्ड नभएको ।
नासाहाङ थम्बु
मंगाेल नेशनल अर्गनाइजेसन-डा.गोपाल गुरुङ केन्द्रिय प्रचारप्रसार सचीव तथा मंगाेल म्युजिक फ्यामिली अध्यक्ष
नोट/सल्लाह सुझावको लागि फोन नम्बर ९८४४४२८६६४ मान्छे मरे पछि अरुको मनमा र इतिहासमा बाचिरहनु नै ठुलो कुरा हो ।