बेलायती सेनामा भर्ना गरिएका महिलालाई तुरुन्तै फिर्ता बोलाउने निर्देशन - MONGOL KHABAR

Breaking

बेलायती सेनामा भर्ना गरिएका महिलालाई तुरुन्तै फिर्ता बोलाउने निर्देशन

फाल्गुन ४ । प्रतिनिधिसभा, अन्तरास्ट्रिय सम्बन्ध समितीले भुतपुर्ब गोर्खा सैनिकले उठाएका माग र औल्याएका समस्या समाधानका लागि पहल गर्न सरकारलाई निर्देशन दिएको छ । ब्रिटिस गोर्खाको समस्या सम्बन्धी प्रतिबेदन परिमार्जनसहित पेश गर्न समितिको शुक्रबारको बैंठकले सदस्य भिमबहादुर रावल, दिपकप्रकाश भट्ट र दिब्यमणी राजभण्डारीलाई जिम्मेवारी दिएको छ ।
नेपालको स्वतन्त्रता सार्वभौमसत्ता र स्वाधिनतालाई सर्वोपरी राख्दै भुपु गोर्खा सैनिकले उठाएका माग र औंल्याएका समस्या समाधान गर्न उच्चस्तरबाट पहल र बार्ता आरम्भ गर्न समितिले सरकारलाई निर्देशन दिएको हो । गोर्खा भर्ती सन्धिको पुनरावलोकन गरि नेपालको संविधान र लोकतान्त्रिक प्रणालीको मान्यता अनुरुप नेपालको परराष्ट्र नीति कार्यान्वयन गर्न पनि समितीले सरकारलाई सुझाब दिएको छ ।

सरकारको सहमतिबिना नेपाली महिलालाई बेलायती सेनामा भर्ती गर्न कार्य तुरुन्त बन्द गर्न पनि समितिले भनेको छ । समितिकी सभापती पबित्र निरौलाद्वारा जारी बिज्ञप्तीमा केही समय अघि भती गरिएका नेपाली महिलालाई फिर्ता बोलाइयोस भनी निर्देशन दिने बिज्ञप्तीमा उल्लेख छ ।