इजरायल । फाल्गुन ७, धनुषा मिथिला नगरपालिका हरिपुरका देवनारायण रसाइलीको घर जलेको एक महिना नपुग्दै बलात्कारी नरपिपासु अपराधीले एउटा मात्र भएको सहरा ९ बर्षकी नाबालिक छोरी बाबा देवनारायण रसाइली सुस्त मनिस्थिती भएको र बृद्ध अबस्थाकी हजुर आमा बजुको अभिभावक्त्व निभाइरहेकी रेश्मा रसाइली आगनमा खेलिरहेको अवस्थामा उखु बारीमा लगि बलात्कार गरि अपराध लुकाउन अपराधीले ति सानी नानिलाई कुटेर मारी प्रमाण लुकाउनको लागि जलाइएको घटना समाजिक संजाल मार्फत मैले देखे । मन थाम्नै सकेन र सानू सहयोग गर्ने सोच बनाए ।
तुरुन्तै समाजसेबी सरोज रायलाई घटना स्थलमा गएर बुझिदिन आग्रह गरे । वहाँले उक्त गाउँमा पुगि सबै घटनाको बारेमा जानकारी लिन जादा अपराधीलाई पक्राउ गरि अदालत लगिएको बुझियो । पारिवारिक अवस्था एकदमै नाजुक त्यसमाथी एक महिना अगाडि घर जलेर खरानी भएको बुझियो । हाल पारिवारिक अवस्था निकै कमजोर, उनको घरमा बस्दै आएका पीडित परिवार सबै कुराले बिछिप्त भएको जानकारी दिनु भयो । त्यस पछि मानबको नाताले मैले दुई लाख सम्मको बजेटको आर्थिक सहयोग अभियान चलाउने निर्णय गरेकी छु ।
त्यो दुई लाखले रेश्मा नानीलाई त म फिर्ता ल्याउन सक्दिन । तर ती बिचल्ली परेको परिवारलाई गामपानीबाट टाउको जोगाउन सक्ने सानु छाप्रो बनाएर दिन सकु भन्ने हेतुले आजबाट यहाँहरु माझ सानो आर्थिक अभियान चलाउने निर्णय गरेकी छु । सम्पुर्ण सहयोगी मनका साथिभाई दिदिबहिनीहरुमा सहयोगको आपेक्षा गरेकी छु । साथ र सहयोग गरि गरिबी पिडित परिवारलाई महलम लगाउने साथ दिनुहुन विनम्र अनुरोध गर्दछु ।
यस्तो बीभत्स हत्या भएका पीडित परिवारलाई धेरै नभए पनि तपाईं हामी सबै मिलेर सानो आर्थिक सहयोग गरि दुखेको घाउमा महलम लगाउन सके केही राहत हुन्थ्यो कि भनेर अभियान चलाउने निर्णय गरेको हुदा बाध्यता कोहि कसैलाई छैन जो इच्छुक सहयोगी हुनुहुन्छ तपाईहरुले आर्थिक सहयोग गर्न सक्नु हुनेछ । स्रोत शरिन ख्युङ्वा तामाङको फेसबुक