मध्यविन्दु नगरपालिका १२ तमासपुरका ८३ बर्षिय पदम बहादुर क्षेत्रीको मृत्यु - MONGOL KHABAR

Breaking

मध्यविन्दु नगरपालिका १२ तमासपुरका ८३ बर्षिय पदम बहादुर क्षेत्रीको मृत्यु

चोरमारा,२० माघ । नवलपुरको मध्यविन्दुमा गैंडाको आक्रमणबाट एक बृद्वको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका १२ तमासपुरका ८३ बर्षिय पदम बहादुर क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरिक्षक रमेश थापाले जानकारी दिनुभयो ।
शुक्रवार दिउसो भैसी चराउन चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र नारायणी नदि किनारमा गएका क्षेत्री बेलुका अबेरसम्म पनि घर नफर्किएपछि खोजि गर्ने क्रममा उनी मृत भेटिएका थिए ।

उनको शव मध्यविन्दुको करङघारी भन्ने स्थानको कासघारीमा बेलुका ८ बजे गैंडाको आक्रमणबाट मृत्यु भएको अवस्थामा भेटिएको थापाले बताउनुभयो ।