नेपाल विद्यार्थी संघ नवलपुरले आफ्ना विद्यार्थी नेताको रिहाइको माग राख्दै प्रशासनमा धर्ना, आज साझ राँके जुलुस गर्ने तयारी - MONGOL KHABAR

Breaking

नेपाल विद्यार्थी संघ नवलपुरले आफ्ना विद्यार्थी नेताको रिहाइको माग राख्दै प्रशासनमा धर्ना, आज साझ राँके जुलुस गर्ने तयारी

नवलपुर । माघ २५, नेपाल विद्यार्थी संघ नवलपुरले आफ्ना विद्यार्थी नेताको रिहाइको माग राख्दै नेबिसंघ गण्डकी प्रदेशको कार्यतालिका अनुसार आज जिल्ला प्रशासन कार्यालय अगाडि एक घन्टा धर्ना दिएकोे छ । आज बिहान साढे १२ बजेदेखि साढे १ बजे सम्म एक घण्टा नेबिसंघ नवलपुरका जिल्ला अध्यक्ष राजेश पौडेलको नेतृत्वमा विद्यार्थीहरुको टोलिले जिल्ला प्रशासन अगाडी धर्ना दिएको हो ।
नेबिसंघ गण्डकी कार्यसमितीले निर्धारण गरेको आन्दोलनको कार्यक्रम अन्र्तगत नेबिसंघ नवलपुरले हिजो कावासोतिमा जिल्ला प्रशासन कार्यलयलाई  ज्ञापन पत्र बुझाएर दिउँसो १ घन्टा चक्काजाम समेत गरेको थियोे ।

आन्दोलनका कार्यक्रम अन्तर्गत आज  सांझ मसाल जुलुस गर्ने कार्यक्रम रहेको जानकारी नेबि संघका जिल्ला अध्यक्ष राजेश पौडेलले दिनु भयो । त्यसैगरी सरस्वती पुजाको दिन झुट्टा मुद्दा खारेजि र बन्दी साथीहरूको बिनासर्त रिहाइको माग गर्दै सरस्वती पुजा गरिने जिल्ला अध्यक्ष राजेश पौडेलले जानकारी दिनुभयो। साथै उहाँले आफुहरुका आन्दोलनका कार्यक्रममा सम्पुर्ण विद्यार्थीहरुलाइ सहयोग गर्न पनि आग्रह गर्नुभयो ।

कास्की प्रहरीद्दारा गिरफ्तार गरिएका नेपाल विद्दार्थी नेता पर्शुराम बस्नेत,डिफान भुजेल, र बिनय पौडेल माथि लगाइएका आरोपलाई खारेज गरि रिहाई नगरे सम्म आन्दोलन जारी रहने नेबिसंघ केन्द्रिय सदस्य आर सि भट्टराईले जानकारी दिनु भयो ।