मुलसचिब बर्णबास डि जोङ - राष्ट्रको प्रमुख दल बन्दै मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठन - MONGOL KHABAR

Breaking

मुलसचिब बर्णबास डि जोङ - राष्ट्रको प्रमुख दल बन्दै मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठन

काठमाडौ । रेडियो पत्रपत्रिका सबैले दिन रात भनिरहेका छन राष्ट्रको प्रमुख पार्टी माओवादी,काङग्रेस र एमाले भनेर तर यो भन्ने दिन पनि अव धेरै छैन केहि समय मात्र बाँकि छ । अव छिट्टै यो राष्ट्रको प्रमुख दल मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठन भन्ने दिन आउदैछ । सदैव प्रमुख दल रहनेछ । यो मैले विस्वासको साथ कुरा गर्दैछु कुनै शंकाको होइन, हिजोका दिनमा रक्सीको बोटल पागतमा हालेर हिड्ने मंगोलहरु आज चेतनशिल भएर त्यहि पागतमा कलम र किताब हालेर हिड्दैछन ।
हिजो लाहुरे बन्ने सपना देखेर डोकोमा ढुङगा बोकेर कुद्ने मंगोल यूवाहरु आज कलेजको ड्रेसमा भेटिन थालेका छन । हिजो छोराछोरीलाई राम्रो जंगल छानेर जंगलमा घांस दाउरा र गोठला गर्न पठाउने मंगोलहरु आज राम्रो स्कुल, राम्रो कलेज र राम्रो शिक्षा छानेर छोराछोरी पढाउदै लेखाउदै छन । खाइ नखाई पसिना बगाएर तालुको रौ झारेर कमाएको पैसा छोराछोरी श्रीमतीले ईच्छाएको कुरा खान लगाउन नदिई आत्मा मारेर बचाएको पैसा बाहुनको कुरा सुनेर स्वर्गको आस र नर्कको त्रास मानेर बाहुन बोलाई पुजा लगाई वर्ष भरि कमाएको पैसा बाहुनलाई हात पार्ने मंगोलहरु आज पुजा लगाउने बाहुनलाई मोटाउन हाल्ने काम बन्द गरिसकेका छन । दिन दिनै  विदेशी हिन्दु धर्म मान्न छोडी आज स्वतन्त्र हुदै स्वैच्छिक धर्म मान्न थालिसकेका छन । जुनदिन देखि मंगोलहरु रक्सीको बोटल पागतमा हालेर हिड्न छोडी त्यहि पागतमा कलम र किताव हालेर हिड्न सुरु गरे ।

त्यहि दिन देखि बिदेशी बाहुनक्षेत्रिको एकात्मक राज्य अन्त्यको सुरुवात भयो र बिदेशी बाहुनक्षोत्रिको निन्दा हरायो तर केहि मस्तसंग निदाएको बिदेशी बाहुनक्षेत्रिको निन्दा भने आज भोलिको मिर्मीरेमा बासेको भालेको आवाजले खल्बल्याई दिएको छ । बिदेशी बाहुनक्षेत्रिहरुले भन्ने गर्छ यो देशको प्रमुख पार्टी भनेको माओवादी, काङग्रेस एमाले हो सधै यसरी नै रहिरहनेछ बिचरा बिदेशीहरुलाई के थाहा पार्टीको मुख्य खम्बा भनेको जनता हो भन्ने कुरा यदि जनताले साथ दिएन भने भोलिको दिनमा जस्तो सुकै पार्टी भए पनि नाम निसाना मेटिएर जानेछ अर्को कुरा बिदेशी बाहुनक्षेत्रिलाई थाहा हुनु पर्ने आज सम्म माओवादी , काङग्रेस, एमालेलाई कस्ले प्रमुख पार्टी बनाईदिएको जनताले होईन र  ?

जनता को हो हामी होईनौ र ? त्यसैले हामी मुलवासी मंगोल जनताहरुले अब चाहि आफ्नो गुमेको अस्तित्व फिर्ता गर्न मंगोल नेशनल अर्गनाईजेशनमा एकबद्व भई अगाडी बढ्नु पर्ने समय आएको  छ । हिजोका दिनमा अज्ञान्ता र बाहुने गलत शिक्षाको कारण अस्तित्व त के आफैले आफैलाई पनि चिन्ने सम्म कोशिस गरेनौ यो जानाजान नभई एक भुल थियो तर अहिले जानेर पनि नजान्ने जस्तो गर्यौ भने चाही महाभुल हुनेछ ।

जुन हाम्रो पुर्खाले बिदेशी बाहुनक्षेत्रिलाई यो देशमा शरण दिएर भुल गर्दा हामीले यो दुख भोगेका छौ भने हामीले पनि गल्ती गर्यौ भने त झन भावि आउने पुस्ताले महादुख भोग्नु पर्ने हुन्छ । हामी मुलवासी मंगोलहरुको अस्तित्व, हक, अधिकार मंगोल नेशनल अर्गनाईजेशन-डा.गोपाल गुरुङमा मात्र छ । एमाले, काङग्रेस माओवादी, नया शक्ती, राप्रपा, संघिय समाजवादि जनमुक्ती लगायत अन्य पार्टीमा हाम्रो अस्तित्व होइन बाहुनक्षेत्रिको हक, अधिकार र अस्तित्व छ । बिदेशी बाहुनक्षेत्रिहरुले यि पार्टीहरुको मात्र नभएर मंगोल नेशनल अर्गनाइजेशन बाहेक हालको समयमा रहेको १११ दललाई नै बचाउन सबै पार्टीमा भाग भण्डा गरेर भोट  हाल्नु पर्छ ।

यो १११ दललाई बचाउने जिम्मा बाहुनक्षेत्रिको काधमा आइपरेको छ । किनकि यि पार्टीहरुमा उनिहरुको अस्तित्व छ र यसको संचालन पनि यिनिहरु द्वारा नै भएको छ । तर हामी मुलबासी मंगोलहरुको चाही राजनैतिक दल भनेको एउटै मंगोल नेशनल अर्गनाईजेशन-डा.गोपाल गुरुङ मात्रै हो । हामीले हाम्रो संगठनलाई जुन सुकै प्रकारको सहयोग गर्न पनि तयार रहनु पर्छ ।

अन्य पार्टीमा लागेको हेर्दा हाम्रै अनुहार देखिने अर्थात मंगोलको कोखमा बास लिएर आर्यहरूद्वारा संचालन गरेको पार्टीमा लागेर गोठला खेतला गर्नेहरूसंग हामी अझ होसीयार हुनु पर्छ । किनकि मालिकलाई खुसि पार्न उनिहरु आफ्नो र  विरानो चिन्दैन्न । आफ्नो सानो स्वार्थको लागि गाउँ समाजलाई नै अन्धकारको बाटो तिर दोहोराएका हुन्छन । त्यो कुरा त स्वयम उसलाई पनि थाहा हुदैन किनकि उसको मालिक बिदेशी बाहुनक्षेत्रिले उसलाई पनि भन्दैन जुन दिन बिदेशी बाहुनक्षेत्रिको षदयन्त्र थाहा पाउछ त्यो दिन कि सहेर उ बाचंनु पर्छ कि उ मारिर्नु पर्छ ।

त्यसैले मित्रहरु समय छदै बुझौ र अरुलाई पनि बुझाऔं । मंगोल मित्रहरु हिजोको दिनमा तपाई हामीले अन्जानमा आफ्नै अस्तित्व मेटाइ दिने तपाई हाम्रो साझा सत्रु पार्टी एमाले काङग्रेस माओवादी लगायत अन्य पार्टीहरूलाई  भोट दिएर देशको  प्रमुख दल बनाइदिएछौ तर अब यि पार्टीहरुलाई भोट त के कुनै पनि प्रकारको सहयोग गर्नु भनेको आफ्नै बच्चाको घांटी अचटेर टड्पाएर मार्नु जस्तै हो ।

आउने पुस्ताको भविष्य खुसि देख्न चाहानु हुन्छ या बाहुनेबादको नितिले तड्पाएर राखेको हेर्न चाहानु हुन्छ ? त्यो निर्णय लिने तपाईको हातमा छ । किन हामीले बिदेशी बाहुनक्षेत्रिद्वारा संचालन पार्टीहरुलाई हाम्रो साझा सत्रु भनेको हो भने पार्टी चलाउने नै हाम्रो साझा शत्रु भए पछि पार्टी त नाम मात्र हो बास्तवमा यो त बिदेशी बाहुनक्षेत्रिको एकात्मक राज्य गर्ने र मुलवासी मंगोलहरुको नास गर्ने षदयन्त्र निर्माण गर्ने ओदार बनेको छ ।

वर्गीय लडाईको नाटक गरि शिक्षित हुनेखाने देशमा केहि गर्न सक्ने मंगोलहरुलाई मारेर एकलौटे राज्य लम्ब्याउने र चलाउने योजना माओवादीको हो त्यस्तै यो देशको मुलवासी मंगोलहरुलाई आदिवासी जस्तो अपवित्र शव्द भन्न लगाउने अर्थात बाहिर अन्य देशबाट आएको भनेर देश बिहिन शरणार्थी बनाएर शरणार्थी बिदेशी बाहुनक्षेत्रिलाई भविष्यको देश मालिक बनाउने योजना एमालेले यसको चौठो महाधिवेशन विराटनगरबाट सन १९९१ देखि  प्रचलितमा ल्याएको थियो ।

काङग्रेसको कुरा त झन के गर्ने मुलवासी मंगोलहरूलाई जत्ति सम्म सक्यो तेत्ति सम्म नै पेलेर राखेको छ । त्यस्तै अहिन्दु मुलवासी मंगोलको प्रमुख शत्रु मध्य अर्को पार्टी राप्रपा पनि हो । मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ सबैलाई अधिकार दिलाउन लोकतन्त्र चहान्छ । राप्रपा एकात्मक फ्याकिसकेको राजालाई पुनः लिन चहान्छ । मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङले सम्पुर्ण धर्मालम्वीहरुलाई अधिकार दिलाउन धर्मनिरपेक्ष राष्ट्र चहान्छ । तर राप्रपा एकात्मकबादी बिदेशी बाहुनक्षेत्रिलाई बलियो बनाउन हिन्दुवादलाई जो धर्म नै होइन हिन्दु धर्म भनेर हिन्दु राज्य चहान्छ ।

त्यस्तै अर्को मुलबासी मंगोलको सत्रु पार्टी नयां शक्ति पनि हो । यसको त के कुरा गर्नु झन दर्शन नै नभएको पार्टी यसको उदेश्य नयाँ केहि नभएर हिजो बाबुराम र प्रचन्देले जनयुद्वमा मार्न, नभ्याएका र अङगभङग भइ बाचेका मुलवासी मंगोलहरुले मंगोल नेशनल अर्गनाइजेशनको सहि कुरा सुन्न बाट बन्चित गराइ हिजो जनयुद्व नामक पुरानो खाल्दोमा नपरेकालाई नया शक्ती नामक खाल्डोमा हालेर मंगोलहरूलाई भुल्याने खेल गरिरहेको छ ।

खबरदार मंगोलहरू बाबुरामको पछि लाग्नु, प्रचन्देको पछि लाग्नु, सेरेको पछि लाग्नु, कमलेको पछि लाग्नु र खडकेको पछि लाग्नु भनेको आफ्नो छोराछोरीको जिउदै हत्या गर्नु एउटै हो । बाहुनक्षेत्रिहरु एमालेमा लागुन, काङगेसमा लागुन, माओवादीमा लागुन, नयाँ शक्तीमा लागुन वा राप्रपामा लागुन त्यो उनिहरुको बिचार हो । हाम्रो मतलवको बिषय होईन तर हामी मुलवासी मंगोलहरु एमाले, काङग्रेस, माओवादी,  राप्रपा नया शक्ती, भन्दै उनिहरुको पार्टीमा लागेर आफ्नो अस्तित्व नै गुमाई सकेका छौ । आफैले आफैलाई विरानो बनाई सकेका छौ ।

गएको चुनावमा बिदेशी बाहुनक्षेत्रिहरूले आफ्नो हिन्दु परिचान अस्तित्व राप्रपामा मात्र रहेछ भन्ने कुरा बुझेपछि एक भोट गाईलाई एक भोट दाईलाई भन्दै एमाले, काङग्रेस, माओवादी लगायत सम्पुर्ण बाहुनक्षेत्रि द्वारा संचालित पार्टीहरुले आफु र आफ्ना सम्पुर्ण कार्यकर्तालाई राप्रपा अर्थात गाईमा भोट हाल्न पठाए त्यसैको परिणाम थियो प्रत्यक्षमा एउटा पनि सित ल्याउन नसकेको पार्टीले समानुपातिकमा २४ सित पाउनु त्यसेलै आज राप्रपा चौठो ठुलो दलमा गनियो झन यो आउने चुनावमा त मंगोल नेशनल अर्गनाइजेशन अगाडी बढ्दै गएको हुदा हाम्रो विपक्ष सबैको साझा सत्रु विदेशी बाहुनक्षेत्रिहरु डराइ सकेको हुदा माओबादी,राप्रपा,काङग्रेस एमाले नयाशक्ती जुनजुन पार्टीमा भए पनि सबै बिदेशी बाहुनक्षेत्रिहरुले यि मध्य एउटा मात्र पार्टीलाई  भोटहाल्ने छ । तर बाहिरी रुपमा देखाउनलाई आफु आफु लडाई गरे जस्तो गरेर आ-आफनो पार्टीलाई भोट माग्नेछ तर गोप्यमा एउटै मात्र पार्टीलाई भोट हाल्नेछ ।

हामी मंगोलहरू पनि आफ्नो अस्तित्व बचाउनलाई हामीहरु देश बिदेश जहाँ जहाँ भएपनि आउने चुनाबमा सबैले तन, मन, धन र बुद्धिले सबै एक जुट भएर हामी सम्पुर्ण मुलवासी मंगोलहरुको एक मात्र साझा संगठन मंगोल नेशनल अर्गनाईजेशनलाई सहयोग गर्यौ भने अवस्य मंगोल नेशनल अर्गनाइजेशन राष्ट्रको प्रमुख दल भएर सदा-सदाको लागि स्थापित हुनेछ ।

आजै देखि मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठको भावी योजना, संगठनले निर्माण गर्ने मंगोल राष्ट्रवाद र चुनाव चिन्ह सिंहको बारेमा प्रचारप्रसार गरौ । मंगोल नेशनल अर्गनाइजेशन फाउन्डर प्रेसिडेन्ट यूग पुरुष डा.गोपाल गरुङ ज्यूंले दुख कष्ट,संग निर्माण गरिदिएको संगठनलाई प्रत्येक जनताको घर दैलो मा पुर्याएर उहाँले देख्नुभएको सपना पुरा गर्नु हामी सम्पुर्ण मुलबासी मंगोलरुको जिम्मा रहेको हुदाँ आजै देखि हामी एक भइ अगाडी बढौं ।

लेखक:बर्णबास डी जोङ दर्लामीमगर