३७ औं मगर दिवस, फाल्गुन १५ गते गैडाकोटको लखन चोकमा भव्यताका साथ मनाउने तयारी - MONGOL KHABAR

Breaking

३७ औं मगर दिवस, फाल्गुन १५ गते गैडाकोटको लखन चोकमा भव्यताका साथ मनाउने तयारी

नवलपुर, १३ फागुन । नेपाल मगर संघको ३७ औं स्थापना दिवस अर्थात मगर दिवस फागुन १५ गते नवलपुरको गैडाकोटमा भव्यताका साथ मनाइने भएको छ ।
दिवसका अवसरमा नेपाल मगर संघ गैडाकोटले विविध सांस्कृतिक कार्यक्रमका साथै एक दिने फुट फेष्टिबल गरेर मगर संघको स्थापना दिवस मनाउने भएको हो ।
सोमबार विहान गैडाकोटमा आयोजित पत्रकार सम्मेलनमा नेपाल मगर संघ गैडाकोटका अध्यक्ष दुर्गा मस्राङ्गी मगरले मगर संघको स्थापना दिवस फागुन १५ गते अर्थात बुधबार गैडाकोटको प्रथम सहिद लखन चोकमा सांस्कृतिक कार्यक्रम सहित शुभकामना आदानप्रदान गरी मनाउने भएको मंगोल खबरलाई बताए ।

कार्यक्रमको नवलपुरका जिल्ला समन्वय समितिका प्रमुख चेसराम आलेले उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी गराइएको छ । नेपाल मगर संघले आफ्नो स्थापना दिवस देशभर विविध कार्यक्रम गरी हरेक बर्ष फाल्गुन १५ गते मनाउने गर्दछ ।

कार्यक्रममा राष्ट्रिय तथा स्थानीय मगर कलाकारहरुको सांस्कृतिक कार्यक्रमका साथै मगर समुदायको संस्कृति झल्कने करुवा लगायतका नाँचहरु प्रदर्शन गरिने प्रेस संयोजक तेजेन्द्र राना मगरले जानकारी दिएको छ ।