ताते ताते गर्दै अघि सर्ने थिएँ । सहयोगी साथ पाए । हरेक चुनौती सङ्ग लड्ने थिएँ । हात माथी हात पाए । थाङ्नामा जन्मेर,आङ्नामा हुर्केकी । तपाईं हाम्रै भरोसा लिएर मनमनै फुर्केकी । - MONGOL KHABAR

Breaking

ताते ताते गर्दै अघि सर्ने थिएँ । सहयोगी साथ पाए । हरेक चुनौती सङ्ग लड्ने थिएँ । हात माथी हात पाए । थाङ्नामा जन्मेर,आङ्नामा हुर्केकी । तपाईं हाम्रै भरोसा लिएर मनमनै फुर्केकी ।

दोलखा । फाल्गुन १३, कालिन्चोक गाउँपालिका वडा न:२ मा जन्मेकी बाल गायिका सुमि थामी आज भन्दा २ बर्ष अगाडी हुने हार दैब नटार भने झैं आफुलाई जन्म दिने आमा गुमाइसकेकी रहेछिन । उनको परिवारमा अहिले बृद्ध अबश्थाका बाजे, बुबा, एक / एक जना भाइ बहिनी छन ।
परिवारमा ५ जना सदस्य रहेता पनि घरको आर्थिक अबस्था कमजोरको कारणले उनिहरु चार तिर छरिएर बसेको छ ।
बुबा रोजगारीको सिससिलामा ईन्डिया रहेता पनि बुबाबाट खासै केही सहयोग नभएको बताउ छिन उनि ।

उनी अहिले निको भुमे उच्च माध्यमिक बिध्यालयको कक्षा १० मा अध्यनरत छिन । अध्यानको क्रमलाई निरन्तरता दिदै, शनिबारको समयलाई सदुपयोग गर्दै अरुको ज्याला मजदुर गर्दै परिवारको ठुलो जिम्मेवारी  सम्हाल्दै आएकी बताउ छिन ।

उनि नजिकिदै गरेको SEE परिक्षाको तयारीमा छिन । परिक्षाको तयारीको लागी आर्थिक अभावको कारणले परिक्षा तयारी भन्दा पनि आर्थिक समस्याका कारणले मजदुर गर्दै पढाईलाई अगाडि बढाएको बताउ छिन ।

हरेक चुनौतीलाई पार गर्दै उनी कक्षा कै उत्कृष्ट बिध्यार्थीमा गनिन्छिन । उनि अत्यन्तै मिठो स्वरका धनी पनि हुन । भबिस्यमा आफ्नो उत्कृष्ट गायन प्रतिभाले चिनिन चहान्छिन ।

त्यसैले एउटा चेलीको मर्म र आफ्नो कर्मलाई आत्मा आलोचना गर्दै, एक थुकी सुकि जान्छ सयौं थुकी नदि बग्छ, भने झैं सहयोगी आमाबुबा, दाजुभाइ, दिदिबहिनी, साथी, सङ्गी र संघसस्थाहरुलाई आर्थिक सहयोग गरिदिनु हुन विनम्र अनुरोध गरेकिछिन । सम्पर्कको लागी / सुमि थामी:-9867052115, MB media online tv
राजकुमार सुब्बा:- 9841703423 सुनिलथामी:-9869108475
क्षितिज थामी:-9818867352

कृपया like, comment र share गर्न नभुल्नु होला।