तराईको जिल्ला रुपन्देहीमा आज बिहान परेको असिना पानीले केही समय राजमार्ग अबरुद्ध - MONGOL KHABAR

Breaking

तराईको जिल्ला रुपन्देहीमा आज बिहान परेको असिना पानीले केही समय राजमार्ग अबरुद्ध

बुटवल । फाल्गुन १६, आज बिहान बुटवल र आसपासका केही जिल्लामा भारी असिना पानी परेको छ । असिना झण्डै १ फिट थुप्रिएको छ । असिनाले राजमार्ग, सडक, बाटो नै पुरेको छ । बिहान केहीबेरसम्म यातायात नै रोकेको थियो ।

जल तथा मौसम पूर्वानुमान महाशाखा काठमाडौले स्थानीय मौसम प्रणालीका कारण असिना पानी परेको जनाएको छ । यो प्रणालीले बुटवल आसपासका क्षेत्र हावाहुरीसँगै असिना पानी परेको हो । महाशाखाका मौसमविद राजु प्रधानांगले असिना पानी परे पछि त्यहाँको तापक्रम समेत निक्कै चिसो हुने मंगोल खबरलाई जानकारी दिएको छ । हेरौ केही असिनाका तस्विरहरु: